Hindi Films

रौतहटमा काठ तस्कर र वन गस्ती टोलीबीच दोहोरो गोली हानाहान

Unknown | 06:09 | 0 comments

रौतहट, ११ साउन । रौतहटको विश्रामपुर गाविस नजिकै वन क्षेत्रमा शुक्रबार बिहान वन तस्कर र वन रक्षकबीच गोली हानाहान भएको छ । वृन्दावन रेञ्जपोष्टअन्तर्गतको वनमा सर्लाही जिल्लाबाट हतियारसहित आएका काठ तस्करहरुले वन रक्षकको टोलीलाई देख्नासाथ गोली चलाएपछि वन रक्षक टोलीले समेत जवाफी गोली चलाएको बताइएको छ । काठ तस्करबाट सात राउन्ड र वन गस्ती टोलीले ६ राउन्ड गोली चलाएको जिल्ला वन कार्यालयले जनाएको छ ।
दोहोरो गोली हानाहानमा मानवीय क्षति नभएको समेत जिल्ला वन कार्यालयले जनाएको छ । काठ तस्करले छाडेको सात थान गोलिया वन गस्ती टोलीले बरामद गरेको वन अधिकृत बाबुराम भण्डारीले बताउनुभयो । यस्तै जिल्लाकै कनकपुरबाट एक काठ तस्कर पक्राउ परेका छन् । कनकपुर गाविस–६ बस्ने शेख मौलादलाई गोलियासहित पक्राउ परेको जिल्ला वन कार्यालयले जनाएको छ ।

Category:

0 comments