Hindi Films

एक पत्रकारसहित ३ जनालाई यसरि कालोमोसो किन दलियो

Unknown | 10:33 | 1 comments

श्रावण ७ मोरङमा आज एक पत्रकार सहित ३ जनालाई कालोमोसो दलिएको छ । आफनै गाँउकी एक महिलालाई जबरजस्ती करणी गर्न खोजेको आरोप लगाउँदै प्रहरीमा जान र दोषी साबित गर्न खोजेको भन्दै एक पत्रकारसहित ३ जनालाई कालोमोसो दलिएको बताइएको छ । आज मोरङको बेलबारी ३ करमडाँडामा भेला भएका स्थानिय महिलाहरुले मोरङको बेलबारीबाट प्रकाशित फाईट साप्ताहिकका कार्यकारी सम्पादक डिक भनिने मनोज बिश्वकर्मा ,उनका दाई स्थानीय एक निजि बिद्यालयका प्रिन्सिपल अनिल बिक सहित एक सार्की थरकी महिलालाई कालोमोसो दलिएको हो ।आफुलाई पत्रकार भन्दै गाँउमा मनपरी गर्न थालेको भन्दै पत्रकार बिकलाई मोसो दलिएको हो ।
१५ दिनअघि बैदेशिक रोजगारीबाट घर आएका स्थानीय जीबन भेटवाललाई ती सार्की थरकी महिलाले आफुलाई बलात्कारको प्रयास गरेको र आफुले प्रतिकार गरेको भन्दै आईतबार बेलुका भेटवाललाई बिक दाजुभाई लगायतले प्रहरी समक्ष बुझाएका थिए । रातभरी सो बिषयमा छलफल गरेको र आरोप गलत भएको भन्दै स्थानीयले गजललाई कुटपिट गर्नुका साथै आज बिहान कालोमोसो दलेका हुन । ती महिलाले आफुले पुरानो रिसईबी साध्न मात्र त्यस्तो गरेको महिलाहरुसमक्ष बताएकी छिन । उनलाई आबश्यक अनुसन्धानका लागी इलाका प्रहरी कार्यलय बेलबारीमा राखिएको प्रहरीले जनाएको छ ।अरुलाई गलत आरोप लगाउने बिक दाजुभाई सहित ती महिलालाई कडाभन्दा कडा कारबाहीको माग गर्दै प्रहरीकहाँ बुझाएका हुन । प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।
सोही बिषयमा आज दिनभर छलफल समेत भएको छ । उता इन्सेकका पुर्बाञ्चल संयोजक सोमराज थापाले भने कानुनलाई हात लिएर कुटपिट गर्नु तथा कालोमोसो दल्नु कानुन बिपरित र निन्दनीय भएको प्रतिक्रिया दिनुभएको छ । उहाँले मानिसको स्वतन्त्रतापुर्बक बाँच्न पाउने हकको उल्लंघन गरिएको समेत बताउनुभयो । यस्तै इन्सेकका पुर्बाञ्चल प्रतिनिधि दिपेन न्यौपानेले पनि कानुनलाई हातमा लिएर कुटपिट गर्नु र कालोमोसो दल्नु निन्दनीय भएको बताएका छन् । यसको सबैतिरबाट बिरोध आउन थालेको छ ।ल हेर्नुहोस् भिडियोमा

Category:

1 comment:

  1. Morangko Belabari ma ghateko taja balatkarik dosaropanko akhirma ayera asatya pramanit thahariyeko bujhinchha.sikshyak jasto maryadit pesako apaman le hamro bhabisya ko manasik bichalan gariyeko dekhinchha.Sabhya Belnari,samajik,sanskritik,rahmitik ruple sabhya Belnari,sabhya Nepalko kamana!!!

    ReplyDelete