Hindi Films

हिन्दु संस्कारभित्र लुकेका २० वैज्ञानिक कारणहरू (भाग २)

Unknown | 09:07 | 0 comments


११. सूर्य नमस्कारको संस्कार
हिन्दुहरूले एकाबिहानै सूर्य भगवानलाई जल चढाउने परम्परा कायम राखेका छन् । यसो किन गरिएको हो भने बिहानीपख सूर्यका किरणलाई पानीमा हेर्दा वा सिधै हेर्दा आँखालाई राम्रो गर्छ अनि यो कार्य नियमित गर्दा हामी बिहानीको जीवनशैली अपनाउन थाल्छौं र बिहानको समय दिनको सबभन्दा प्रभावकारी भाग हो भनी प्रमाणित भएको छ ।
१२. टुप्पी पाल्ने चलन
आयुर्वेदका प्रमुख चिकित्सक सुश्रुत ऋषिले शिरको सबभन्दा संवेदनशील क्षेत्रका रूपमा अभिपति मर्मलाई लिएका छन् जहाँ सबै स्नायुका जालोहरू विद्यमान हुन्छन् । शिखा वा टुप्पीले यो क्षेत्रलाई संरक्षण गर्छ । यसमुनि दिमागमा ब्रह्मरन्ध्र हुन्छ जहाँ सुषुम्ना नाडी शरीरको तल्लो भागबाट आइपुग्छ । योगमा ब्रह्मरन्ध्रलाई सर्वोच्च, सातौं चक्र मानिन्छ जुन हजारवटा पात भएको कमलजस्तो देखिन्छ । यो बुद्धिविवेकको केन्द्र हो । बाँधिएको टुप्पीले यो केन्द्रलाई बलियो बनाउन मद्दत गर्छ र यहाँ रहेको ओजस् नामक सूक्ष्म ऊर्जालाई संरक्षण गर्छ ।tupi
१३. व्रतको संस्कार
आयुर्वेदमा व्रत लिनुका पछाडि रहेको सिद्धान्तका बारेमा चर्चा गरिएको छ । यो प्राचीन भारतीय स्वास्थ्य पद्धतिले थुप्रै रोगको आधारभूत कारण भनेको पाचन प्रणालीमा जम्मा हुने विकार नै हो भनी मानेको छ । विकारयुक्त पदार्थको नियमित सफाइले मानिसलाई स्वस्थ बनाउँछ । व्रत बस्दा पाचन अंगहरूले आराम पाउँछन् र शरीरका सबै संयन्त्र सफा हुन्छन् र सुध्रिन्छन् ।
Hand holding fork and knifeपूर्ण निराहार व्रतले स्वास्थ्य राम्रो बनाउँछ र व्रत लिएका बेलामा यदाकदा कागतीको रस मनतातो पानीमा राखेर लिँदा अपान वायुको समस्या पनि हुँदैन । आयुर्वेदले व्याख्या गरेअनुसार मानव शरीर पृथिवीजस्तै ८० प्रतिशत तरल तथा २० प्रतिशत ठोस हुने भएकाले चन्द्रमाको गुरुत्वाकर्षण शक्तिले शरीरको तरल पदार्थलाई असर पु-याउँछ ।
यसले शरीरमा भावनात्मक असन्तुलन ल्याउँछ र केही मानिस तनावयुक्त, झर्कोफर्को गर्ने र हिंस्रक हुन पुग्छन् । व्रत बस्दा यसको उपचार हुन्छ किनकि यसले शरीरमा रहेको अम्लीय वस्तुलाई घटाउँछ जसका कारण मानिसले आफ्नो दिमागी सन्तुलन कायम राख्छन् । अनुसन्धानले पत्ता लगाएअनुसार व्रत बस्दा क्यालोरीको नियन्त्रणका रूपमा प्रमुख स्वास्थ्य सम्बन्धी फाइदा हुन्छन् जस्तै क्यान्सर, मुटुरोग, मधुमेह तथा रोगप्रतिरोध क्षमतामा ह्रास लगायतका समस्याको जोखिम घट्ने हुन्छ ।manivelu-hindu-concepts-touching-feet-of-guru_ful
१४. खुट्टा ढोग्ने संस्कार
सामान्यतया तपाईं कि त वृद्ध कि त पवित्र व्यक्तिको चरण स्पर्श गर्नुहुन्छ । उहाँहरूले तपाईंको घटेको अहंकार (जसलाई श्रद्धा भनिन्छ) बाट उत्पन्न भएको सम्मानलाई स्वीकार गरेपछि उहाँहरूको हृदयले सकारात्मक सोच पैदा गर्छ (जसलाई करुणा भनिन्छ) र यो तपाईंकोमा उहाँहरूको हात र गोडाका औंला मार्फत पुग्छन् । सारमा भन्दा यो वृत्ताकार पूर्णताले ऊर्जाको प्रवाहलाई सशक्त बनाउँछ र ब्रह्मा
ण्डीय ऊर्जालाई अभिवृद्धि गर्छ जसबाट दुई मन र मुटुलाई तत्काल जोड्छ ।
एक हदसम्म यही कुरा हात मिलाउँदा र अंगालो हाल्दा समेत प्राप्त हुन्छ । हाम्रो दिमागबाट शुरु हुने स्नायु शरीरभरि फैलिन्छ । यी स्नायुहरू हात र गोडाका औंलाका टुप्पामा गएर टुंगिन्छन् । तपाईंले हातका औंलाका टुप्पा उहाँहरूका गोडाका औंलामा छुवाउँदा तत्कालै एक वृत्त बन्छ र दुई शरीरका ऊर्जाहरू जोडिन्छन् । तपाईंका औंला र हत्केला ऊर्जाको संप्रापक बन्छन् र सम्माननीय व्यक्तिको गोडा ऊर्जाको प्रदाता बन्छ ।sindoor american nepali
१५. सिन्दूर लगाउने चलन
विवाहिता महिलाले सिन्दूर लगाउनुमा शरीरवैज्ञानिक महत्व छ । बेसार र कागतीलाई पारो धातुसँग मिसाएर सिन्दूर तयार गरिन्छ । यसमा राखिएको पारोमा भएका आन्तरिक वस्तुले उक्तचाप नियन्त्रण गर्नुका साथै यौन इच्छालाई पनि तीव्र बनाउँछ । यसैकारण विधवाहरूलाई सिन्दूर लगाउन प्रतिबन्ध लगाइएको हो । यसको उच्चतम परिणाम प्राप्त गर्नका लागि सिन्दूर पीयूषिका ग्रन्थिसम्म लगाउनुपर्छ जहाँ हाम्रा सबै अनुभूतिहरू केन्द्रित हुन्छन् । पारोले तनाव र ऐंठनलाई हटाउन समेत मद्दत गर्छ ।
१६. पीपलको रुखलाई पूजा गर्ने संस्कारPeepal-Tree
पीपलको महत्व साधारण मानिसका लागि छायाँ दिनेबाहेक अरू खासै छैन । पीपलमा मीठो फल लाग्दैन, यसको काठ बलियो पनि हुँदैन अनि एकजना साधारण गाउँलेले यसलाई पूजा गर्ने वा वास्ता गर्ने किन गर्नुप¥यो ?
रातको समयमा पनि अक्सिजन पैदा गर्ने रुखमध्ये पीपल पनि एक हो भनी हाम्रा पूर्खाहरूलाई थाहा थियो । त्यसैले यस्तो अद्वितीय विशेषताले भरिएको यो रुख बचाउनका लागि उहाँहरूले शायद यसलाई ईश्वर÷धर्मसँग जोडेका हुन् ।
१७. तुलसीको पूजा गर्ने संस्कार
हिन्दु धर्मले तुलसीलाई आमाको दर्जा दिएको छ । संसारका धेरै भागमा यसको धार्मिक तथा आध्यात्मिक महत्वलाई स्वीकार गरिएको छ । वैदिक ऋषिहरूलाई तुलसीको महत्वका बारेमा जानकारी भएकाले तुलसीलाई देवीका रूपमा लिएका थिए र समुदायका सबैले यसको ध्यान दिनुपर्छ भनी प्रस्ट सन्देश दिएका थिए । यो मानवजातिका लागि सञ्जीवनी जस्तो भएकाले हामी यसलाई संरक्षण गर्न कोशिश गर्छौं ।4_Tulsi_108989921
दिनदिनै चियामा वा पानीमा तुलसी राखेर पिउँदा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ र पिउने व्यक्तिलाई रोग लाग्नबाट बचाउँछ, स्वास्थ्य स्थितिलाई स्थिर राख्छ तथा शारीरिक प्रणालीलाई सन्तुलनमा राख्छ अनि सबभन्दा महत्वपूर्ण कुरा जीवन लम्ब्याउँछ । घरमा तुलसीको बिरुवा लगाउँदा कीरा र लामखुट्टे घरमा पस्न पाउँदैनन् । सर्पहरू पनि तुलसीको बिरुवानेर जाने हिम्मत गर्दैनन् भनिन्छ । शायद त्यसैले होला प्राचीनकालका मानिस घरनजिकै तुलसी रोप्थे ।
१८. मूर्तिपूजाको संस्कारlarge
हिन्दु धर्मले अन्यका तुलनामा मूर्तिपूजालाई बढी प्रोत्साहन गर्छ । अनुसन्धाताका अनुसार प्रार्थनालाई बढाउने उद्देश्यका साथ यो प्रथा शुरु भएको हो । मनोवैज्ञानिकहरूका अनुसार मानिसले आफूले देखेका कुराका आधारमा विचार बनाउँछ ।
तपाईँका अगाडि तीनथरी विभिन्न वस्तु छन् भने तपाईँको सोच हेरिरहेको वस्तुका आधारमा परिवर्तन हुन्छ । त्यसैले प्राचीन भारतमा मूर्तिपूजाको प्रथा स्थापना गरिएको थियो ताकि मान्छेले मूर्ति हेरेर ध्यानस्थ हुन सकून् जसबाट आध्यात्मिक ऊर्जा प्राप्त होस् र कुनै मानसिक विषयान्तर विना ध्यान गर्न सकून् ।
१९. चुराको संस्कारbangle_ktm
सामान्यतया मान्छेको नाडी लगातार चलिरहेको हुन्छ । अनि नाडीको नसा छामेर नै सबै किसिमका रोग परीक्षण गर्न सकिन्छ । महिलाहरूले प्रयोग गर्ने चुरा प्रायः नाडीमा नै लगाइन्छ र यसको लगातार घर्षणले रक्तसञ्चारको तहलाई बढाउँछ । अझ, बाहिरी छालाबाट प्रवाहित बिजुली वृत्ताकार चुराका कारण शरीरमै फर्केर आउँछ । चुराको छेउटुप्पो नहुने हुनाले ऊर्जा बाहिर जाँदैन बरू शरीरमै फर्किन्छ ।
२०. मन्दिर जाने संस्कार
मन्दिरहरू यस्तो ठाउँमा राखिएका हुन्छन् जहाँ उत्तर÷दक्षिण ध्रुवको चुम्बकीय तथा विद्युतीय वितरणबाट प्राप्त सकारात्मक ऊर्जा प्रशस्त उपलब्ध हुन्छ । मुख्य मूर्ति मन्दिरको ठीक केन्द्रमा राखिएको हुन्छ जसलाई गर्भगृह वा मूलस्थान भनिन्छ । वास्तवमा मूर्ति प्रतिष्ठा गरेपछि मन्दिरको संरचना निर्माण गरिन्छ । यही मूलस्थानमा पृथिवीका सबभन्दा धेरै चुम्बकीय तरंग पाइन्छन् । मुख्य मूर्तिमुनि वैदिक लिपि खुँदिएका ताम्रपत्र पनि गाडिएका हुन्छन् ।
ताम्रपत्रले पृथिवीका चुम्बकीय तरंगलाई सोस्छ तथा त्यसलाई वरपरको वातावरणमा फैलाउँछ । त्यसैले नियमित रूपमा मन्दिर भ्रमण गर्ने र मुख्य मूर्तिलाई दाहिने घुम्ने व्यक्तिले यो चुम्बकीय तरंगलाई ग्रहण गरेर शरीरले सोस्छ । यो एकदमै ढिलो प्रक्रिया हो र मन्दिरको नियमित भ्रमण गर्दा यो सकारात्मक ऊर्जालाई सोस्न मद्दत गर्छ । वैज्ञानिक रूपमा भन्नुपर्दा स्वस्थ जीवनका लागि हामी सबैलाई सकारात्मक ऊर्जा आवश्यक हुन्छ ।1358493429_0!!-!!manakamana-temple-nepal-kathmandu
 स्रोत : लोकांतर 
 

Category:

0 comments