Hindi Films

राजनीतिमा पूर्व राजा ज्ञानेन्द्र, बाबुराम भट्टराईलाई शिवसेनाको धम्की

Unknown | 05:06 | 0 comments

शिवसेना नेपालले पूर्वप्रधानमन्त्री एवम् एकीकृत माओवादीका नेता डा. बाबुराम भट्टराईलाई आफ्नो निगरानीमा राख्ने जनाएको छ । सुदूरपश्चिममा बाढीपीडितका लागि राहत बाँड्न गएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई म भएको भए जेल हाल्थेँ भन्ने अभिव्यक्ति दिएका भट्टराईको नियत मानवधर्म विपरित भएको भन्दै शिव सेनाले निगरानीमा राख्ने जनाएको हो ।
केन्द्रीय कार्यसमिति अध्यक्ष अनिल बस्नेत तथा राष्ट्रिय अध्ययक्ष अरुण सुवेदीले संयुक्त वक्तव्य प्रकाशित गर्दै भट्टराई ‘निगरानी’मा राखेको बताएका हुन्। ‘मानव धर्म विरोधी डा. भट्टराईलाई आजैदेखि शिवसेना नेपालको युवा संगठन तथा रक्षा बाहिनीले आफ्नो निगरानीमा राख्ने भनि निर्णय भयो’, बुधबार जारी विज्ञप्तिमा भनिएको छ। भट्टराईले ज्ञानेन्द्रको राहत विरतणको उद्देश्य राजनीतिक रहेको भन्दै चुनाव अगाडि भइरहेको त्यस किसिमको काम कारवाही रोक्नुपर्ने बताएका थिए।
शिवसेनाको धम्की भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला ।

Category:

0 comments