Hindi Films

इन्डोनेसियामा भूकम्प, २२ को मृत्यु

Unknown | 03:52 | 0 comments

काठमाडौं, असार १९ । इन्डोनेसियामा आएको भूकम्पमा परी मृत्यु हुनेको संख्या २२ पुगेको छ । ६ दशमलव १ रेक्टर स्केल मापन गरिएको भूकम्पले आचेय प्रान्त प्रभावित बनेको छ । सो प्रान्तमा रहेको मस्जिद भत्किंदा ६ जना बालबालिकासहित २२ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भूकम्पका कारण सयौं घर भत्केका छन् । उद्दारमा खटिएकाहरुले भग्नावशेषमा थुप्रै च्यापिएकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरेका छन् । सन् २००४ मा ९ दशमलव १ रेक्टर स्केलको भूकम्प गएपछिको यो ठूलो भूकम्प भएको त्यहाँका भूगर्भविद्हरुले जनाएका छन् । सन् २००४ मा गएको भूकम्पमा २३ हजारको मृत्यु भएको थियो ।

Category:

0 comments