Hindi Films

पूर्व राजाको जयजयकार , हिमानी ट्रष्टद्धारा राहत वितरण (भिडियोसहित)

Unknown | 11:09 | 0 comments

हिमानी ट्रस्टले आज दार्चुलाका बाढी पीडितहरुलाई राहत वितरण गरेको छ । राहत वितरण कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व युवराज्ञी हिमानी शाहको उपस्थित रहेको थियो । कैलालीबाट हेलिकप्टर मार्फत दार्चुला पुगेका शाहले एक घण्टा दार्चुलामा बिताउनु भएको थियो । ज्ञानेन्द्रको उपस्थितिमा पीडितहरुलाई खलंगा सदरमुकामस्थित खुलामञ्चमा राहत वितरण गरिएको हो ।
ट्रस्टले २ सय ६५ परिवारलाई खाद्यान्न, कपडा र भाँडाकुडा उपलव्ध गराएको छ । त्यस्तै १ सय विद्यार्थीलाई लत्ता कपडा र पांच विद्यालयलाई एक–एक लाख रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ । पूर्व राजालाई दार्चुलावासीले भव्य स्वागत गरेका थिए । राहत वितरणमा पूर्व राजाको साथमा हिमानी ट्रष्टका केही पदाधिकारीहरु समेत सहभागी थिए । पूर्व राजा ज्ञानेन्द्र सुदूरपश्चिम र मध्यपश्चिमका बाढी पीडितहरुलाई राहत वितरण गर्नका लागि गत सोमबार धनगढी पुगेका थिए । पुरा भिडियो हेर्नुहोस ।

Category:

0 comments