Hindi Films

हिम्मत भए पूर्व राजालाई कारवाही गरेर देखाउनुस् : कमल थापा

Unknown | 10:56 | 0 comments

‘थकित भट्टराई आश्रम जानुस्, ध्यान गर्नुस्’ काठमाडौं, श्रावण ९ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय स्वाधीनताका लागि राजासँग सहकार्य गर्न सकिने नेकपा–माओवादी अध्यक्ष मोहन वैद्यको अभिव्यक्ति स्वागतयोग्य भएको बताएका छन् । वैद्य लगायतका नेताहरुको अभिव्यक्तिले देश जोगाउन राजसंस्थाको सान्दर्भिकतालाई पुष्टि गरेको भन्दै थापाले आगामी मंसिरमा निर्वाचन नभए माओवादीसहितका राष्ट्रवादी शक्तिहरु मिलेर संघर्षमा जाने बताए ।
रिपोटर्स क्लवले आज राजधानीमा गरेको कार्यक्रममा थापाले भूमिगतकालमा माओवादी नेता डा. बाबुराम भट्टराइले नै राजासँग मिलेर जान सकिने प्रस्ताव बारम्बार राखेको बताए । राहत वितरणमा गएका पूर्व राजालाई जेल हाल्नुपर्ने भट्टराईको अभिव्यक्ति हतास मानसिकताको उपज भएको भन्दै थापाले हिम्मत भए पूर्व राजालाई कारबाही गरेर देखाउन समेत चुनौती दिए । थापाले पूर्व प्रधानमन्त्री भट्टराई थकित र हतास जस्तो देखिएको भन्दै उनलाई केही समय आश्रमतिर गएर ध्यान गर्न सुझाव पनि दिए । भिडियो हेर्नुहोस्

Category:

0 comments