Hindi Films

विराटनगरको उच्च माध्यमिक शिक्षा परिषदको कार्यालयमा ताला

Unknown | 05:45 | 0 comments

विराटनगर, असार २० । विराटनगरको मधेशी दल निकटका विभिन्न विद्यार्थी संगठनहरुले उच्च माध्यमिक शिक्षा परिषदको कार्यालयमा लगाएको ताला नखुल्दा दुई दिनदेखि परिषद्को कामकाज ठप्प भएको छ ।
उच्च माध्यमिक तहका लागि सरकारले लागू गरेको आचारसंहिता पालना नगरेको भन्दै मधेशी विद्यार्थी संगठनहरुले कार्यालयमा ताला लगाएका हुन् । जिल्लामा सञ्चालनमा रहेका उच्च माध्यामिक विद्यालयहरुले प्रवेश परीक्षा लिंदा ५ सयदेखि १ हजारसम्म शुल्क लिने गरेको ती संगठनहरुको आरोप छ ।

Category:

0 comments