काठमाडौं, १८ असार । आफगानिस्तानको काबुलमा भएको आत्मघाती कार बम आक्रमणमा चार नेपालीसहित १० जनाको मृत्यु भएको छ । मंगलबार बिहान ५ बजे भएको आक्रमणमा उनीहरुको मृत्यु भएको प्रहरीले पुष्टि गरेको हो ।
नेपालीहरु त्यहांको एक नीजि कम्पनीको सुरक्षा गार्डमा काम गर्दै आएका थिए ।
काबुलका प्रहरी प्रमुख मोहम्मद अयुव सलंगाइलाई उद्धतगर्दै न्यूयोर्क टाइम्सका अनुसार आक्रमणमा परी मृत्युहुनेहरुमा ४ नेपाली, एक अफगान नागरि र पांच जना आक्रमणकारी रहेका छन् । मृतक कसैको पनि सनाखत भएको छैन ।
0 comments