Hindi Films

बाढी पीडितलाई सहयोग गर्न पूर्व राजा ज्ञानेन्द्र शाह धनगढीमा

Unknown | 11:53 | 0 comments

धनगढी, ७ साउन । सुदूरपश्चिमका कैलाली, कञ्चनपुर र दार्चुलाका बाढी पीडितहरुलाई राहत वितरण गर्न पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाह धनगढी आउनुभएको छ । असार २ गतेको बाढीबाट पीडित बनेकाहरुलाई हिमानी ट्रष्टमा सङ्कलन भएको राहत वितरण गर्न पूर्व राजा र पूर्व रानी धनगढी आउनुभएको हो । धनगढी विमानस्थलमा राजसंस्था समर्थकहरुले स्वागत गरेका थिए ।
उनीहरुले राजसंस्थाका पक्षमा नाराबाजी समेत गरेका थिए । ठूलो सङ्ख्यामा मोटरसाइकलमा रहेका राजसंस्था समर्थकहरु विमानस्थलदेखि धनगढीसम्म नाराबाजी गर्दै पुगेका थिए । बाढी पीडितहरुलाई राहत वितरण पूर्व युवराज्ञी हिमानी शाह हिजै धनगढी पुगीसक्नुभएको छ । पूर्व राजपरिवारका सदस्यहरु कैलाली, कञ्चनपुर र दार्चुलामा करिव १० दिन बस्ने बताइएको छ ।

Category:

0 comments