उच्च माविमा अध्ययनरत विद्यार्थीहरुले लगाएको छोटो कपडाको आजबाट आचारसंहिता अनुगमन समितिले राजधानीका मुख्य चोकमा अनुगमन गर्ने भएको छ । केही उच्च माविका विद्यार्थीहरुले ड्रेस कोडको पालना नगरी छोटा लुगा लगाउन थालेको गुनासो आएपछि समितिले आजबाट अनुगमन गर्न लागेको हो । आइतबारदेखि राजधानीलगायत देशका सबै जिल्लाका मुख्य सहरी क्षेत्रमा छोटो ड्रेस, मोटरसाइकल र मोबाइलको अनुगमन गर्न लागिएको हो ।
समितिका संयोजक नारायण कोइरालाले करिब दुई साता अनुगमन गरी त्यसपछि कारबाही प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो । समितिले ड्रेस अनुगमन गर्न उपत्यकामा ६ वटा टोली खटाएको जनाएको छ। ती टोलीले आजबाट उपत्यकाको कोटेश्वर, बानेश्वर, माइतीघर, मैतीदेवी, डिल्लीबजार, अनामनगर, बागबजार, नयाँबजार, चावहिल, थापाथली क्षेत्रको अनुगमन गर्ने भएको छ।
0 comments