रामचन्द्र पौडेलले मागे ३३ प्रतिशत समानुपातिक सभासद
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
भागवन्डाका आधारमा सभासद चयन गर्न नहुने भन्दै यदि दुई नेतावीच मात्रै भागवन्डा गरिए आफूलाई मान्य नहुने चेतावनी दिनुभएको छ । उपसभापति रामचन्द्र पौडेलले यसरी भागवन्डा गर्दा पार्टीभित्र झन् व्यापक असन्तुष्टि बढ्ने र पार्टी झनै कमजोर हुने भन्दै भागवन्डा गर्न नहुनेमा जोड दिनुभएको हो ।
प्रत्यक्ष निर्वाचनमा ६० र ४० का आधारमा भागवन्डा गरेर टिकट दिँदा जित्ने उम्मेदवार छुटेको र जीत पक्का भएका स्थानमा पनि कमजोर उम्मेदवार बनाउँदा पार्टीलाई २० देखि ५ सीट घाटा लागेको पौडेलले बैठकमा बताउनुभएको छ । पौडेलको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो-’पार्टीभित्र समानुपातिक सभासदको चयन पनि भागवन्डाकै आधारमा गरियो भने जनतामा नकारात्मक सन्देश जान्छ, नेता तथा कार्यकर्तामा निराशा पैदा हुन्छ । यसो गर्नु हुँदैन ।’
उपसभापति पौडेलले यो मान्छे फलानोको कोटाबाट र त्यो मान्छे अर्काको कोटाबाट पर्यो भन्ने सन्देश कार्यकर्ता तहमा पुग्ने र त्यसले काँग्रेसतर्फ आकर्षण बढेको जनताको भावनामाथि ठेस पुर्याउने बताउनुभएको एक नेताले अनलाइनखबरलाई बताए । पौडेलको यस्तो प्रस्तावले कोइराला र देउवामाथि थप दबाब उत्पन्न भएको छ ।
पौडेलको प्रस्ताव
उपसभापति पौडेलले पार्टीमा योगदान पुर्याएका र पार्टीमा दुःख गरेका नेताहरुलाई सभासद गराउनुपर्ने प्रस्ताव गर्नुभएको छ । पौडेलले बोर्ड बैठकमा सुशील वा देउवाको कोटामार्फत भन्दा पनि पार्टीमा दुःख गरेका, पार्टीमा योगदान पुर्याएका, संविधानसभामा प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने, पार्टीका नीति तथा कार्यक्रम जनतामाझ पुर्याउन सक्षम नेतालाई सभासद बनाउनुपर्ने अडान राख्नुभएको हो । फलानोको कोटाबाट परेको भन्दा पनि काँग्रेसको कोटाबाट परेको भन्ने गर्व गर्न सक्ने गरी सभासदको चयन गर्नुपर्ने पौडेलको प्रस्ताव छ ।
के भन्छन् अरु नेता ?
काँग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले भने उपसभापति पौडेलको ६० र ४० को भागवन्डा गर्न नहुने प्रस्ताव राखेको भए त्यस विषयमा शीर्ष नेताहरुले छलफलबाटै मिलाउनुपर्ने बताउनुहुन्छ । पाण्डेले अनलाइनखबरसंगको कुराकानीमा भन्नुभयो- ‘पौडेलको प्रस्ताव नराम्रो भन्न मिल्दैन, उहाँको प्रस्ताव ठीकै हो ।
तर, चुनावमा जानुअघि नै टिकट वितरणमा बेला संस्थापन पक्ष र देउवा पक्षवीच ६०/४० को विधि अपनाइएको हो ।’ पाण्डेले पार्टीको आन्तरिक व्यवस्थापनका लागि भए पनि ६० र ४० प्रतिशतका आधारमा समानुपातिक सभासदको चयन गरिनुपर्नेमा जोड दिनुभयो ।
यस्तै काँग्रेस केन्द्रीय सदस्य महेन्द्र यादवले पनि पार्टीको आन्तरिक व्यवस्थापनका लागि संस्थापन पक्ष र देउवा पक्षवीच ६० र ४० को नीति अपनाइएको बताउनुभयो । उहाँले अनलाइनखबरसंग भन्नुभयो,’कोइराला वा देउवाको कोटाबाट काँग्रेसकै प्रतिनिधित्व गरेर संविधानसभामा जाने हो । त्यसैले यसलाई अन्यथा मान्नु हुँदैन । यो पार्टीको आन्तरिक व्यवस्थापनको तरिका हो ।’
१४ पुस, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले समानुपातिक सभासद मनोनयनमा भागवण्डा गर्ने हो भने आफूले ३३ प्रतिशत पाउनुपर्ने माग गर्नुभएको छ । सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाबीच ६० र ४० प्रतिशतमा भागवण्डाको तयारी भए पनि पौडेलले संसदीय समितिको बैठकमा आफ्नो भाग खोज्नु भएको हो ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News




0 comments