Hindi Films

अब मलेसिया जाने कामदारको न्यूनतम कमाइ २७ हजार

Unknown | 01:33 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
१८ पुस, काठमाडौं । नयाँ वर्ष २०१४ सँगै मलेसिया जाने नेपाली कामदारको पारिश्रमिक पनि बढ्ने भएको छ । जनवरी १ गतेदेखि नेपाल सरकारले मलेसिया सरकारले घोषणा गरेको न्यूनतम् पारिश्रमिक उल्लेख नभएका भिसा अस्वीकृत गर्ने भएपछि मलेसियामा रोजगारीका लागि जाने नेपाली कामदारको न्यूनतम् कमाइ ९ सय रिङगेट अर्थात् नेपाली २७ हजार रुपैयाँ निश्चित भएको छ । ‘न्यूनतम् पारिश्रमिक उल्लेख नभएको भिसालाई जनवरी १ देखि स्वीकृति रोकेका छौं’ वैदेशिक रोजगार विभागका प्रवक्ता दिवस आचार्यले अनलाइनखबरसँग भन्नुयभयो -’मलेसिया सरकारले २०१४ गतेदेखि न्यूनतम् पारिश्रमिक कडाइका साथ लागू गर्ने जनाएकाले हामीले न्यूनतम् पारिश्रमिक नतोकिएको भिसाको स्वीकृति रोकेका हौं ।’
मलेसिया सरकारले सन् २०१२ देखि लागू गर्ने गरी न्यूनतम् पारिश्रमिकको घोषणा गरे पनि हालसम्म कार्यान्वयनमा आउन सकेको थिएन । न्यूनतम् पारिश्रमिक मापदण्ड लागू नहुँदा नेपाली कामदारले मलेसियामा न्यूनतम् ६ सय ५० रिंगेट अर्थात् नेपाली १९ हजार रुपैयाँ मात्रै पाउँदै आएका छन् । आचार्यका अनुसार सरकारसँग भएको तथ्यांकअनुसार ५ लाख नेपाली कामदार मलेसियामा कार्यरत छन् । अघिल्लो वर्ष उनीहरुले ५८ करोड ९० लाख रुपैयाँ रेमिटान्स नेपाल पठाएका थिए । न्यूनतम् पारिश्रमिक कार्यान्वयनसँगै मलेसियाबाट नेपाल भित्रने रेमिटान्समा १५ देखि २० प्रतिशतको वृद्धि हुने अनुमान गरिएको छ । मलेसियाबाट रेमिटान्स बढी भित्रिने मुलुकमध्ये नेपाल विश्वकै तेस्रोमा पर्छ । पहिलोमा इन्डोनेसिया र दोस्रोमा बंगलादेशले मलेसियाबाट बढी रेमिटान्स भित्र्याउँछन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments