Home �
News
� कोइराला र देउवाको हुकुममा सभासद चयन भए : गगन थापा (भिडियोसहित)
Unknown |
04:05 |
0
comments
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
निर्णय पुर्नविचार नभए विजय गच्छदारलाई अध्यक्षबाटै हटाउने चेतावनी:
काठमाडौं, पौष १८ । समानुपातिक सभासद चयनका क्रममा पार्टी नेतृत्वले देखाएको कार्यशैलीप्रति विभिन्न दलका नेताहरुले असन्तुष्टी पोेखेका छन् । राजधानीमा आज रिपोर्टस् क्लबले गरेको कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत माओवादी लगायतका नेताहरुले यस्तै अवस्था रहे पार्टीहरु नै ध्वस्त हुनेतर्फ बेलैमा सचेत बन्न नेतृत्वलाई आग्रह गरेका छन् ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी सभापति सुशील कोइराला र बरिष्ठ नेता शेरबहादुर देउवाको हुकुमबाट समानुपातिक सभासद चयन गरिएको आरोप लगाए ।
थापाले अबको एक वर्षभित्र नयाँ संविधान बनाउन नसके कांग्रेसलगायत सबै पार्टीले नेतृत्व परिवर्तन गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा एकीकृत माओवादीका नेता गोपाल किरातीले पार्टीका नेताद्वय नारायणकाजी श्रेष्ठ र बाबुराम भट्टराईले पार्टी नेतृत्वको अपमान गरेको बताए । उनले नारायणकाजी र बाबुरामलाई पार्टी फुटाएर देखाउन चुनौती दिए ।
यस्तै, फोरम लोकतान्त्रिकका रामेश्वर राय यादवले आज साँझसम्म समानुपातिक सभासद चयनको निर्णय पुर्नविचार नगरे पार्टी अध्यक्ष विजयकुमार गच्छेदारलाई पदबाट हटाउने चेतावनी दिए ।
यस्तै, एमाले नेता रविन्द्र अधिकारीले पार्टीभित्र समानुपातिक सभासद चयनका विषयमा केही विवाद भएपनि अन्य पार्टीमा जस्तो एमालेमा नभएको दाबी गरे ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
Category:
News
0 comments