Hindi Films

बिराटनगरमा भारतीय हतियार तस्करको बिगबिगी

Unknown | 01:36 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
१४ माघ बिराटनगर । भारतसँग सीमा जोडिएको मोरङमा साना हतियारका कोरावारीहरु बढ्न थालेका छन् । साना हतियार ओसार-पसारमा भारतीय नागरिकको संलग्नता बढी देखिएको छ । भारतीयले नेतपालमा साना हतियारको गोली प्रतिगोटा भारु एकसय रुपैयाँमा बेच्ने गरेको प्रहरी बताउँछ ।

पछिल्लो तीन महिनामा मोरङ प्रहरीले सात व्यक्तिसहित ५ थान साना हतियार बरामत गरेको छ । प्रहरीले साना हतियार कारोबारीमा सलग्न सबैभन्दा बढी भारतीय नागरिक रहेको बताएको छ । तीन महिनाको अवधिमा एक नेपालीसहित छ भारतीय नागरिक साना हतियारको कारोवारमा सलग्न भएको तथ्य प्रहरीले बाहिर ल्याएको छ ।
पछिल्लो प्रहरीको तथ्यांकअनुसार बिराटनगर साना हतियारको केन्द्रविन्दू बन्दै गएको देखिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गएको असोज १५ गते बिराटनगर १४ गुद्रीबजारबाट दुई थान पेस्तोल, ६ राउण्ड गोली र तीन थान म्याग्जिनसहित सुनसरी साहेवगंजका अर्जुन साह र भारतीय अब्दुल कादिरलाई पक्राउ गरिएको थियो ।
त्यसैगरी पुस २१ गते बिराटनगर-२१ रानी क्षेत्रबाट दुई थान पेस्तोलसहित भारतका दलवल तिवारी, राजीवकुमार झा र अभिजीत झा पक्राउ परेका छन् । त्यसैगरी माघ ४ गते बेलुका एक थान पेस्तोल, ११ राउण्ड गोली र दुई थान म्याग्जिनसहित भारत जोगबनीका प्रमोदकुमार रामलाई प्रहरीले पक्राउ गरेको छ ।
पूर्वक्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले विगत दुई वर्षको अवधिमा ३ सय ७९ थान साना हतियार नियन्त्रणमा लिएको छ । कार्यालयका अनुसार आर्थिक वर्ष ०६८/६९ मा १ सय ८७ वटा साना हतियार नियन्त्रणमा लिएको थियो । त्यसैगरी प्रहरीले आव ०६९/०७० मा १ सय ९२ थान साना हतिायर बरामत गरेको छ ।
प्रहरीको तथ्याङक अनुसार साना हतियार सबैभन्दा बढी झापाबाट ७८ थान, सिराहावाट ७२ थान, मोरङ ६८ र सुनसरीबाट ६२ थान नियन्त्रणमा लिइएको छ । जसमा प्रहरीले सबैभन्दा बढी भरुवा बन्दूक, पेस्तोल र रिभल्वर बरामत गरेको उल्लेख छ । भारतसँग खुल्ला सीमानका कारण नेपालमा सजिलै साना हतियार ओसार-प्रसार तथा कारोवार हुने गरेको प्रहरीको अनुसन्धावाट खुलेको छ ।
गृह मन्त्रालयले हालै सार्वजनिक गरेको एक तथ्याङक अनुसार शसस्त्र द्वन्द्वपछि देशभर साना हतियारको बिगबिगी बढेको उल्लेख छ । गृहको तथ्याङ अनुसार हाल नेपालमा ४ लाख ४० हजार निजी साना हतियार रहेका मध्ये ५५ हजार हतियार मात्रै वैधानिक रुपमा दर्ता रहेका छन् ।
हतियारको ५० हजार, गोलीको १ सय रुपैयाँ
हतियार कारोवार नियन्त्रणका लागि प्रहरी सकृयता बढे पनि खुल्ला सीमानाका कारण भनेजस्तो सफलता हात नपरेको प्रहरीको भनाइ छ । प्रहरीले केहीलाई पक्राउ गरे पनि उनीहरु हतियार नेपाल भित्राउने सहयोगीमात्रै भएको प्रहरीको विश्लेषण छ । मुख्य कारोवारीलाई पक्राउ गर्न आवश्यक सूचना संकलन गर्ने कार्यमा प्रहरी जुटेको जिल्ला प्रहरी कार्यालय मोरगका प्रहरी उपरीक्षक विश्वराज पोख्रेलले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार साना हतियार खरिदकर्ता पूर्वाञ्चलमा गुडागर्दी गर्ने, चन्दा आतंक मच्चाउने र चोरी डकैतीमा सलग्न हुने गरेका छन् । प्रहरीले दिएको जानकारी अनुसार एउटा अटोमेटिक पेस्तोलको मुल्य करिव ५० हजार भारतीय रुपैया पर्छ । तर हतियार काराबारीले भने थप २५ देखि ३५ हजारसम्म कमिसन असुल्ने गरेका छन् । त्यस्तै म्याग्जिनको मूल्य २ देखि ३ सय र गोली प्रतिगोटा सयदेखि डेढ सय भारुसम्म किनबेच हुने गरेको प्रहरी बताउँछ ।
भारतसंग खुल्ला सीमाना जोडिएको बिराटनगरमा सीमापारिबाट व्यवसायिकरुपमै हतियार ओसार-प्रसार हुने गरेको हो । जसका कारण प्रहरीलाई साना हतियार कारोवार नियन्त्रण गर्न कडा चुनौती बनेको मोरङका प्रहरी प्रमुख पोख्रेलको भनाइ छ ।

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments