वीरेन्द्रको सम्पत्तिमा माओवादीदेखि श्राद्ध गर्ने योगीसम्मको आँखा
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
टष्ट्रले सरकारलाई हालै बुझाएको प्रतिवेदनअनुसार पूर्व राजपरिकारको सम्पत्ति माग्दै निवेदन दिनेहरुमा माओवादी नेतादेखि योगीका आश्रम समेत छन् ।
क-कसले लगाए आँखा ?
धनकुटा नगरपालिकामा रहेको १ सय ९४ रोपनी जग्गामध्ये ९४ रोपनी निजामती कर्मचारीका छोराछोरीलाई आवासीय विद्यालय बनाउन लिजमा माग भएको छ । ट्रष्टले बढीमा ३० वर्षसम्म प्रतिवर्ष २ लाख लिजमा दिन सकिने सामान्य मन्त्रालयलाई लेखी पठाएको छ ।
फर्पिङमा रहेको घरजग्गा त्रिभुवन आदर्श उच्च माविले माग गरेको छ । त्यसैगरी भक्तपुर नगरपालिकाले ख्वपः विश्वविद्यालय स्थापनाका लागि भन्दै सल्लाघारीको जग्गा माग भएको थियो । तर, ट्रष्टले अस्वीकार गरेको छ । तर, त्यहाँ मनोरन्जन पार्क बनाउनेबारे अध्ययन थालेको बाषिर्क प्रतिवेदनमा उल्लेख छ ।
त्यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका लागि भन्दै टष्ट्रमा जुम्लाका माओवादीका पूर्व सभासद नरेश भण्डारीले रकम माग गरेका छन् । त्यस्तै योगी नरहरिनाथ ट्रष्ट अध्यात्मिक परिषद्ले तत्कालीन राजा वीरेन्द्र र उनको परिवारको श्राद्ध तथा श्रद्धान्जली कार्यक्रम गर्दै आएको भन्दै पैसा मागेको छ । तर, ट्रष्टले माओवादी नेता र योगी परिषद्लाई सहयोग गर्न अस्वीकार गरेको छ ।
त्यस्तै कालीकोटको मुम्रा चौरलाई सहिद पार्क बनाउन भन्दै कालिकोटकी माओवादी पूर्वसभासद धिरेन्द्राकुमारी उपाध्यायले पनि पूर्वराजपरिवारको जग्गा मागेकी थिइन् । तर, ट्रष्टले उनको निवेदन पनि अस्वीकृत गरिदिएको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News




0 comments