Hindi Films

मोहनविक्रमपत्नी भन्छिन्- श्रीमतीलाई सभासद बनाउनु गलत हो -

Unknown | 00:37 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
१६ माघ, काठमाडौं । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहकी पत्नी दुर्गा पौडेल यतिबेला राष्ट्रिय जनमोर्चाका तर्फबाट समानुपातिक सभासद बनेकी छन् । चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले संविधानसभामा तीन सीटको प्रतिनिधित्व गरेको छ । जसमा दुर्गा र मीना पुन दुई महिला र एक पुरुष छन् ।

नेताहरुले आफ्ना श्रीमतीलाई सभासद बनाएको आरोप मोहनविक्रम सिंहमाथि पनि लागेको छ, यसबारे  चासो राख्दा सभासद पौडेलले नेताकी श्रीमती, बहिनी या नातेरदार भएकै कारणले कसैलाई सभासद बनाइन्छ भने त्यो गलत भएको बताइन् । ’म दुईवटा विचारको विरोध गर्छु, नेतृ पौडेलले  भनिन्- ‘यदि नाताकै आधारमा श्रीमती, बहिनी आदिलाई सभासद बनाइन्छ भने त्यो गलत हो ।’
पौडेलले थपिन्- ‘कोही व्यक्ति आफैं राजनीति गरेर आफूलाई स्थापित गरेको कुनै नेता छ तर, नाता परेकै कारण उसलाई पन्छाइन्छ भने त्यो पनि गलत हो । मचाँहि यी दुईवटै कोणभित्र परिँन ।’
कम्युनिष्ट नेता सिंहसँग विवाह गर्नुपूर्व कलिलै उमेरदेखि गृहजिल्ला कपिलवस्तुबाट जनमोर्चाको राजनीति गरेकी पौडेल अखिल नेपाल महिला संघमा तीन कार्यकाल केन्द्रीय अध्यक्ष भएकी थिइन् । हाल उनी चित्रबहादुर केसी अध्यक्ष रहेको राष्ट्रिय जनमोर्चाको केन्द्रीय उपाध्यक्ष छिन् ।
‘मेरो इतिहास खुला छ, पढ्दा हुन्छ जनताले । महिला संगठनमा मेरो एक दशकको इतिहास छ, सभासद पौडेलले भनिन्, ‘म जुनबेलादेखि संगठनमा लागेकी छु, त्यो बेलादेखि कुनै उतार चढाव पनि आएको छैन ।’
‘महिला संगठनपछि जनमोर्चाको केन्द्रीय समितिमा रहेर लगातार काम गर्दै अहिले उपाध्यक्ष छु, यो अवस्थामा अहिले मोहनविक्रमजीले आफ्नी पत्नीलाई सभासद बनाएको होइन,’ उनले स्पष्टीकरण दिँदै भनिन्- ‘पार्टीले पाएको भोटबाट संघर्षशील इतिहासका आधारमा पार्टीबाट चुनिएकी सभासद हुँ ।’
तर, विभिन्न नेताले आफ्नी श्रीमतीलाई राजनीतिक पृष्ठभूमि नै नभई सभासद बनाएका छन्, उनीहलाई के भन्नुहुन्छ भन्ने प्रश्नमा पौडेलको जवाफ छ, ‘अरुका पार्टीको हकमा मलाई केही भन्नुपर्छ भन्ने मलाई लाग्दैन । हाम्रो पार्टीको हकमा मात्रै म भन्न सक्छु । उनीहरुप्रति मेरो कुनै भनाइ छैन । महिलालाई समावेशी गर्न त्यसरी राखेका पनि हुन सक्छन् ।’
भक्तपुरमा बस्दै आएकी सभासद दूर्गा बालबच्चालाई विद्यालय पठाएर संविधानसभा बैठकमा भाग लिँन जाँदै गर्दा उनले राजनीतिशास्त्रको डिग्री भर्खरै सकिएको र थेसिस आधा लेखिसकेको जानकारी दिइन् ।
सभासद गम्भीर देखिएनन्
संविधानसभामा पहिलोचोटि कस्तो अनुभव भयो त ? जवाफमा पौडेलको भनाइ छ, ‘संविधान दिन नसकिने हो कि भन्ने डर छ । पहिलो संविधानसभाले संविधान दिएको भए हुन्थ्यो । पहिलो संविधानसभामा असफल भएर गइएको छ, संविधान दिन सकिने हो कि होइन ।’ उनले भनिन्- ‘पहिलो दिन नै मैले सभासदहरुमा त्यस्तो बढी गम्भीरता देखिँन । सपथ ग्रहणकै दिन पछाडिबाट मेरो आपत्ति छ भन्दै बोल्न चाहँदै थिए । सबै सभासदहरुले संविधान निर्माणको विषयमा सिरियस हुनुपर्छ । संविधान लेख्नेतिरै सबै गम्भीर भइदिनुहोस् भन्ने चाहन्छु । हेरौं, बल्ल त सुरुवात हुँदैछ । अलि बढी समय भएपछि राम्रोसँग तस्वीर देखिएला ।
जातीयता र क्षेत्रीयतासँगै जनमोर्चाले पनि हार्‍यो
संघीयताको विरोध गर्दै आएको दलकी नेतृ पौडेलले दोस्रो संविधानसभामा आफ्ना एजेन्डाले जितेको, तर जनमोर्चाले भने कम भोट पाएको बताइन् ।
‘जनमोर्चाले जातीयता र क्षेत्रीयताको विरुद्धमा प्रभावकारी भूमिका खेल्यो । अहिले दोस्रो संविधानसभाको सबैभन्दा ठूलो उपलब्धी भनेकै जातीयता र क्षेत्रीयतावादी विचारलाई जनताले परास्त गरिदिए । उनले थपिन्- ‘तर, जनताले मतदानचाँहि त्यो प्रकारले गरेनन् । राष्ट्रिय जनमोर्चाको संघीयताविरोधी नीति जनताबाट जनादेश प्राप्त भयो, तर यो हिसाबलेे जनमोर्चालाई मतदान गरेको अवस्था रहेन । तर, जनताले ठूलो खतरालाई पार गरेको चाँहि हो ।’
वामदेवले पैसा बाँडेको आरोप
जनमोर्चाको गढ मानिने बाग्लुङ र प्युठानमा किन हार व्यहोर्नुपर्‍यो भन्ने प्रश्नमा सभासद पौडेलले बाग्लुङमा एमाओवादी नेता लीलबहादुर थापाका कार्यकर्ताले आफ्ना दुई कार्यकर्ताको हात काटेर छिनाइदिएको बताइन् । साथै सभासद मीना पुनको टाउको फुटाइदिएकाले उपेन्द्र देवकोटाको अस्पतालमा १५ दिन उपचार गरेको बताइन् । आक्रमण गर्ने एमाओवादीविरुद्ध मुद्दा दायर गरिए पनि हालसम्म उनीहरु पक्राउ नपेरको पौडेलले बताइन् ।
त्यसैगरी एमाले नेता वामदेव गौतमले चुनाव लडेको प्युठानको दाखा क्वाडीमा महिलाहरुले एमालेबाट ५/५ सय रुपैयाँ पाएको आफूहरुलाई जानकारी दिएको बताइन् । प्रशासनले पनि वामदेवलाई नै साथ दिएको उनले भनिन् ।
उसोभए जनमोर्चा धाँधलीका कारण पराजीत भएको हो त ? यो प्रश्नमा उनले पौडेलले भनिन्,- ‘चुनाव हो, धाँधली त हुन्छ नि । हाम्रो संगनात्मक अवस्था पनि कमजोर भयो । राप्रपा, कांग्रेस र एमाओवादीले प्युठानमा आफ्नो मत संरक्षण गर्न सकेनन् । त्याचे मत पनि वामदेव गौतमतिरै गयो ।
अब संविधानसभामा जनमोर्चाले के गर्छ ? भन्ने  प्रश्नमा सभासद पौडेलले  भनिन्- ‘अध्यादेश आइराखेका छन् । अध्यादेश अध्ययन गरेर संशोधन प्रस्ताव गर्छौं । सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी अध्यादेशका धेरै बुँदामा हाम्रो विरोध छ ।’

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments