Hindi Films

दक्षिण अफ्रिकामा नेपाली युवती तस्करी

Unknown | 18:04 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला ६ माघ, काठमाण्डौ । अन्तर्राष्ट्रिय मानव तस्करले नेपाली युवतीलाई अफ्रिकी मुलुकमा पनि अबैध रुपमा पुर्‍याउन थालेका छन् । चार सयभन्दा बढी नेपाली दक्षिण अफ्रिका र आसपासका मुलुकमा लुकीछिपी बस्ने गरेको तथ्यांक त्यहाँस्थित नेपाली दूतावासले संकलन गरेको छ । त्यसमा आधाभन्दा बढी महिला छन् । विभिन्न अफ्रिकी मुलुकमा यौनकर्मीका रुपमा नेपाली चेलीलाई मानव तस्करले पुर्‍याइरहेको जानकारी दक्षिण अफ्रिकास्थित नेपाली दूतावासले पाएको छ । यस्तो काममा लगाउन पाकिस्तानी, भारतीय, नेपाली र अफ्रिकी दलाल सक्रिय छन् । अफ्रिका पुर्‍याएर दलालले लाखौँ रुपैयाँसमेत असुल्ने गरेको उजुरी दूतावासमा पर्ने गरेको जानकारी विदामा काठमाण्डौ आएका दूतावासका उपप्रमुख भरत रेग्मीले दिए । उनले भने,’नेल्सन मन्डेलाको मुलुक, विभिन्न अन्तर्राष्ट्रिय संघसंगठन भएको पर्यटकीय राष्ट्र भएकाले अवसर नै अवसर छ भनेर जनही पाँचदेखि आठ लाख रुपैयाँसम्म दिएर लैजाने गरेका रहेछन् ।’ त्यहाँ पुगेका युवतीमध्ये कोही घरेलु कामदारका रुपमा त कोही विभिन्न रेस्टुराँ तथा ठूला बारमा नर्तकी बनेर बसेका छन् । कतिपयलाई दूतावासले यात्रा अनुमतिपत्र दिएर नेपाल फर्काउन सघाएको र कतिपयको अवस्थावारे जानकारी लिने कोसिस गरेको रेग्मीले बताए । उनले भने,’उनीहरु दूतावास आउँछन्, आफ्नो पीडा पोख्छन् तर दिएको ठेगानामा भेट्न खोज्दा फेला पर्दैनन् । ‘ आजको अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments