Hindi Films

राज्यलक्ष्मीलाई झलनाथ र विद्याले सभासद बनाएको खुलासा

Unknown | 00:49 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
२८ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र उपाध्यक्ष विद्या भण्डारीको प्रस्तावमा राज्यलक्ष्मी गोल्छालाई समानुपातिक सभासद बनाइएको खुलेको छ । युवापुस्ताका रामकुमारी झाँक्री, राजेन्द्र राई, ठाकुर गैरेलगायतलाई छाडेर व्यापारिक घरानाकी राज्यलक्ष्मीलाई सभासद बनाएको भन्दै एमालेभित्र र बाहिर समेत चर्को आलोचना भइरहेका बेला यो तथ्य बाहिर आएको हो ।

गोल्छालाई सभासद बनाउने प्रस्ताव खनाल र भण्डारीसहितका नेताहरुको भएको भन्दै एमाले स्थायी समिति सदस्य भरतमोहन अधिकारीले अनलाइनखबरसँग भने-’गोल्छा अर्जनाइजेशन औद्योगिक घराना पनि भयो । राज्यलक्ष्मी एक महिला पनि हुनुभो र तेस्रो उहाँ विदुषी भएर बिराटनगर स्कुल चलाइरहनुभएको छ । सामाजिक रुपमा काम पनि गर्नुभएको छ ।’
‘हुलासचन्द्र गोल्छा मेरा स्कुले साथी हुन् । बिराटनगरमा कहिले उनी मेरो घरमा सुत्न आउँथे, कहिले म उनकोमा जान्थें, अधिकारीले भने,- ‘तर, नातिनी पुस्ताकी भएकाले राज्यलक्ष्मीलाई मैले चिनेको थिइँन, मैले उनलाई प्रस्ताव गरेको होइन ।’ राज्यलक्ष्मीका ससुरा आफ्ना साथी भएकाले आफ्नो नाम जोडिएको हुनसक्ने भन्दै उनले भने- ‘भारत माइती, ठूलो घरानाको मान्छे, राम्रो पढेलेखेको, हिन्दी राम्रो बोल्छिन् । महिलामा पनि मारवाडी महिला परिन् । त्यसैले प्रयोग गरौं भनेर गरेको । पैसाको लेनलेन केही पनि होइन ।’
उनले अघिल्लो संविधानसभा निर्वाचनमा एमालेले विनोद चौधरीलाई सभासद बनाएको स्मरण गराए । ०४८ सालमै एमालेले बिराटनगर, वीरगञ्ज, भैरहवा लगायतका औद्योगिक सहरबाट व्यापारिक घरानाका प्रतिनिधिलाई संसदमा प्रतिनिधित्व गराउन चाहेको तर गिरिजाले नमानेको अधिकारीको भनाइ छ ।
राज्यलक्ष्मीलाई नदिए रामकुमारीले पाउँदिनन्
एमाले नेता अधिकारीले राज्यलक्ष्मीलाई सभासद नबनाउने हो भने पनि रामकुमारी झाँक्रीले नपाउने बताएका छन् । यद्यपि रामकुमारी नेपालमा महिला नेतृका रुपमा अघि बढ्ने र मन्त्रीसमेत हुन सक्ने क्षमताकी नेतृ भएको अधिकारीको बुझाइ छ ।
‘रामकुमारीले नपाउने राज्यलक्ष्मीले पाउने भन्न किन मिलेन भने रामकुमारी जनजातिमा पर्नुहुन्छ । राज्यलक्ष्मीलाई नदिने हो भने अर्को मधेसी महिला खोज्नुपर्छ, यो कोटामा रामकुमारीले पाउँदिनन्’ अधिकारीले भने-’संविधानले नै हामीलाई बाँधेको छ ।’
बरु अष्टलक्ष्मीलाई नदिएको भए हुन्थ्यो
राज्यलक्ष्मी र राजकुमारीलाई तुलना गर्न नमिल्ने भन्दै एमाले नेता अधिकारीले जनजाति कोटाबाट सभासद बनेकी अष्टलक्ष्मी शाक्यलाई नदिएको भए रामकुमारीले पाउने बताए । ‘बरु अष्टलक्ष्मीलाई नदिएर रामकुमारीलाई दिएको भए हुन्थ्यो भन्न सकिन्छ’ उनले भने तर, राज्यलक्ष्मी र रामकुमारीलाई तुलना गर्न मिल्दैन ।’
रामकुमारीलाई आफूले बहिनी जस्तो माया गर्ने भन्दै उनले भने-’महिला नेतृ, त्यो पनि मगर जातिबाट, नेपाली समाजले गर्व गर्नुपर्छ । रामकुमारीलाई भोलि महिला नेतृ बनाउने, मन्त्री बनाउनेतिर सोच्नुपर्छ । रामकुमारीलाई पनि मेरो आग्रह छ एकचोटि मौका आएन भनेर आत्तिनु हुँदैन । चारवर्षपछि फेरि अर्को चुनाव हुन्छ ।’

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments