Home �
News
� अस्पताल तत्काल खोल्न सर्वोच्चको आदेश
Unknown |
10:20 |
0
comments
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
सरकारी अस्पतालहरुमा सेवा ठप्प गरिएको दोश्रो दिन सर्वोच्च अदालतले एक घन्टाभित्र सेवा सुचारु गर्न अन्तरिम आदेश जारी गरे पनि अस्पताल बन्द आह्वान गर्ने नेपाल चिकित्सक संघले भने आदेश पाएपछि मात्रै त्यसबारे निर्णय गर्ने बताएको छ।
प्राध्यापक डाक्टर गोविन्द केसीको आमरण अनसन छैठौं दिन पुगेपछि नेपाल चिकित्सक संघले नवनियुक्त डिन डा शशि शर्माको नियुक्तिमा विरोध जनाउँदै अस्पताल ठप्प गर्न आह्वान गरेको थियो।त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो।
सुचारु
रिटको पहिलो सुनुवाईमै न्यायाधीश प्रकाश वस्तीको इजलासले एक घन्टाभित्रै सेवा सुचारु गर्न आदेश जारी गरेको सर्वोच्चका सहप्रवक्ता बाबुराम दाहालले बताए।
"आदेश हात परेपछि निर्णय गरौंला तर अहिले अस्पताल ठप्प पार्ने हाम्रो आन्दोलन जारी छ"
अन्जनीकुमार झा, अध्यक्ष, नेपाल चिकित्सक संघ
उनले भने, "अस्पताल तत्कालै खुलोस् भनेर हामीले अबेरसम्म बसेर भए पनि मन्त्रिपरिषद् कार्यालय, चिकित्सक संघ र शिक्षण अस्पताललाई आदेश पठाएका छौं।"
अस्पतालको सेवा ठप्प पार्न माग गर्ने चिकित्सक संघले भने आदेश पाएपछि मात्रै त्यसबारे निर्णय गर्ने भन्दै अस्पताल बन्दको आह्वान जारी रहेको बताएको छ।ठप्प
चिकित्सक संघका अध्यक्ष अन्जनीकुमार झाले भने, "आदेश हात परेपछि निर्णय गरौंला। तर अहिले अस्पताल ठप्प पार्ने हाम्रो आन्दोलन जारी छ।"
विवादास्पद छवि भएको भनिएका डाक्टर शशि शर्मालाई डिन नियुक्ति गरिएको विषयमा सर्वत्र आलोचना हुन थालेपछि त्रिविका सहकुलपति समेत रहेका शिक्षामन्त्री माधव पौडेलले विश्वविद्यालय पदाधिकारीहरुलाई डिन नियुक्तिको निर्णय फिर्ता गर्न आइतबार निर्देशन दिएका थिए।
तर उपकुलपति हिराबहादुर महर्जनले भने डिन नियुक्ति नियमसंगत ढंगबाट प्रकृया पुर्याएर भएको भन्दै त्यो निर्देशनलाई अस्वीकार गर्ने किसिमको विज्ञप्ति जारी गरेका थिए।
सोमबार त्रिबि उपकुलपति, रेक्टर र रजिष्ट्रारबीच घन्टौं चलेको बैठक पछि डिन नियुक्तिको निर्णय पुनर्विचार नगर्ने मनस्थितिमा पुगेको बैठकका सहभागी एक पदाधिकारीले बताए।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
Category:
News
0 comments