Hindi Films

टाटा मोटर्सका प्रबन्ध निर्देशकले गरे ‘आत्महत्या’

Unknown | 01:08 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला बैंकक । टाटा मोटर्सका प्रबन्ध निर्देशक कार्ल स्लिमले होटलबाट हामफालेर आत्महत्या गरेका छन् । उनले आइतबार आफू बसिरहेको पाँचतारे होटलको माथिल्लो तल्लाबाट हाम फालेको विदेशी सञ्चारमाध्यमले जनाएका छन् । उनी टाटा मोटर्स थाइल्याण्ड लिमिटेडको बोर्ड मिटिङका लागि भारतबाट बैंकक पुगेका थिए । यद्यपि ५१ वर्षीय स्लिमको मृत्युको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । कम्पनीले विस्तृत विवरण दिन चाहेको छैन । उनले बैंककको साँगि्रला होटलमा बसेका बेला हामफालेको बताइएको छ । बेलायती नागरिक स्लिम सन् २०१२ देखि प्रबन्ध निर्देशकका रुपमा टाटा कम्पनीमा भित्रिएका थिए । उनको आगमनपछि टाटा मोटर्सले स्वदेशी बजारमा राम्रो हिस्सा ओगेको थियो । बजार रणनीतिमा उनको विशेष दख्खल थियो । उनले टाटा मोटर्समा आउनुअघि टोयोटा र जेनरल मोटर्समा नेतृत्व सम्हालेका थिए । उनको मृत्युले कम्पनीको नेतृत्वमा गम्भीर असर परेको टाटा मोटर्सका अध्यक्ष साइरस पी मिस्त्रीले बताए । ‘हाम्रो बजार संकटमा परेको बेला उनले जोगाएका थिए’ मिस्त्रीले स्मरण गरे ।

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments