योगेश्वरले खलपात्र बन्दै रेखालाई टक्कर दिने
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
सिनेमाको निर्माण सुरु नहुँदै चलचित्र ‘अखडा’को प्रदर्शन मिति पनि तय भएको छ । दशैको फुलपातीबाट सिनेमाको प्रदर्शन काठमाण्डौ बाहिर हुने निर्माणपक्षले जनाएको छ । यो मितिमा नायिका रेखा थापाको ‘हिम्मतवाली’ पनि प्रदर्शनमा आउँदैछ ।
चलचित्रमा गायक योगेश्वर अमात्य खलपात्रको भूमिकामा देखिदैछन् । उनका साथमा धिरेन शाक्य, नन्दिता केसी, ज्योती क्षेत्री, श्रीकृष्ण न्यौपाने, अनुप स्थापित, उदय अधिकारी चलचित्रमा देखिनेछन् ।
इन्जोए मूभिजको ब्यानरमा तयार हुन लागेको यो सिनेमामा आशिशकुमार ठाकुर निर्माता छन् । राजु महर्जन कार्यकारी निर्माता रहेको सिनेमालाई विभु श्रेष्ठ र सुवास जिसीले मिलेर निर्देशन गर्दैछन् ।
चलचित्रको छायांकन सर्लाही र काठमाण्डौमा हुनेछ । चलचित्रको छायांकन जेठ २९ गतेबाट सुरु हुने काठमाण्डौमा आयोजना भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । सिनेमाले एक्सन र लभस्टोरी कथा बोल्नेछ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category:
0 comments