‘गोर्खापल्टन’ जस्तै चल्छ त प्रशान्तको ‘निशानी’ ?
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
चलचित्र ‘गोर्खापल्टन’मा गायक प्रशान्त तामाङले पहिलो पटक अभिनय गर्दा खुबै चर्चा भयो । त्यतिबेला उनले ‘इन्डियन आइडियल’को ताज पनि जितेका थिए । सायद दर्शकले उनको सिनेमा यसकारण हेरे होलान् । यसपश्चात उनका केही सिनेमा असफल देखिए । प्रशान्तको नेपाली सिनेमामा जम्ने चाहना खासै सफल भएको देखिदैन ।
अब उनै नायक तथा गायक तामाङ ‘निशानी’ सिनेमा मार्फत आउँदैछन् । भदौ २७ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमाको आज प्रेसमिट गर्दै जानकारी दिइयो । चलचित्रलाई बिनोद सेरेङले लेखन तथा निर्देशन गरेका हुन् ।
चलचित्रमा सरोज भण्डारी र ललिता सेरेङको लगानी छ । प्रेम सुब्बाको प्रस्तुतीमा तयार भएको सिनेमामा अनु गुरुङ, सुरज रानाभाट, जयनन्द लामा, कोपिला थापा लगायतका कलाकारले पनि अभिनय गरेका छन् । चलचित्रमा किशोर राइको सह-निर्माण, यूवराज राइको छायांकन, जनक गुरुङको द्वन्द्व, गोविन्द राइ र शिव शर्माको नृत्य, विपिन मल्ल र सुरज श्रेष्ठको सम्पादन छ ।
चलचित्रलाई वीर गोर्खा सिपाहीहरुको वीरताको कथा भनिएको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category:




0 comments