Hindi Films

४ घन्टामा ४६ हजार अष्ट्रेलियन डलर संकलन

Unknown | 08:30 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
नेपालीहरुको संगठन एनआरएन अष्ट्रेलियाले आयोजना गरेको 'वाक फर नेपाल' कार्यक्रमबाट ४ घण्टामा ४६ हजार अष्ट्रेलियन डलर (करिब ४२ लाख रुपैयाँ) संकलन गरिएको छ । एनआरएन अष्ट्रेलियाले बिराटनगरमा बनाउन लागेको बृद्धाश्रमका लागि रकम संकलन गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको थियो । नेपाली झण्डा र कार्यक्रमको पोशाकमा सजिएका नेपालीहरुले सिड्नीको रकडेलमा रहेको डल्स पोइन्टबाट ब्राइटन बिचसम्म ८ किलोमिटर पदयात्रा गरेका थिए । कार्यक्रमलाई सफल बनाउनका लागि एनआरएन अष्ट्रेलियाले करिब १ महिना अघि नै अनलाईन मार्फत रजिष्ट्रेसन खुल्ला गरेको थियो । उक्त कार्यक्रममा करिब ३ सय बढी नेपालीहरुको सहभागिता रहेको आयोजक एनआरएन अष्ट्रेलियाका महासचिव भरत पोखरेलले जानकारी दिए । 'यो वास्तवमा एनआरएन अष्ट्रेलियाको मात्र नभएर हामी सबैको महत्वकांछी योजना हो । महासचिव पोखरेलले उक्त कार्यक्रमको बारेमा जानकारी दिदै भने- यसबाट संकलन भएको सम्पुर्ण रकम बिराटनगरमा बन्दै गरेको पाथीभरा श्रद्धाश्रम निर्माणका लागि खर्च गरिनेछ ।' उनका अनुसार एनआरएनको बैंक खातामा ४३ हजार डलर जम्मा भइसकेको छ भने अन्य केही रकम चाँडै नै संकलन हुनेछ । संकलित रकमबाट उक्त बृद्धाश्रम निर्माणको कार्यलाई द्रुत गतीमा अघि बढाइनेछ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments