Hindi Films

सभासद रीता शाहीमाथि संविधानसभाको गेटैमा दुर्व्यवहार र कुटपिट

Unknown | 05:27 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
२८ जेठ, काठमाडौं । संविधानसभा भवनको ३ नम्बर गेट नजिकै दिनदहाडै नेपाली कांग्रेसकी समानुपातिक सभासद रीता शाहीमाथि एकजना अपरिचित युवकले दुव्र्यवहार गरेका छन् । सभासदमाथि दुव्र्यवहार भएपछि महिला सभासदहरुले सुरक्षाको माग गर्दै सभामुख र गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् । संविधानसभा बैठकमा सहभागी हुन सभासद शाही पुरानो बानेश्वरस्थित निवासबाट टेम्पो चढेर बानेश्वरतर्फ आएकी थिइन् । सभासदको लोगो लगाएर ट्याम्पोमा बसेकी उनलाई हृवाइट हाउस कलेज कटेपछि ट्याम्पोमै रहेका युवकले दुव्र्यवहार गरेका हुन् । ’सुरुमा उसले मेरो खल्तीमा हात हाल्यो । मैले किन हात हालेको भनेर भनें । एकछिनपछि मेरो ब्यागमा हात हाल्न खोज्यो’ घटनाबारे सभासद शाहीले भनेकी छन्-मैले तिम्रो दिदीबहिनी छैन, किन यस्तो गरेको भने ।’ नयाँ बानेश्वर आइपुग्ने बेलामा युवकले ट्याम्पो रोकेर भाडा तिरेर जाने बेलामा शाहीको कञ्चटमा मुक्का बजारे । ‘मैले त केही सोच्न सकिँन । यस्तो होला भनेर सोचेको नै थिइँन’ उनले भनिन् । सभासदलाई मुक्का हानेपछि ती युवक भागेका थिए । ट्याम्पोमा रहेका कसैले पनि मद्दत नगरेको शाहीको भनाइ छ । नयाँबानेश्वर पुगेपछि उनले घटनाबारे महिला सभासदहरुलाई जानकारी गराइन् । लगत्तै अन्य सभासदहरुसहितको टोलीले संविधानसभामा सभाध्यक्ष सुवास नेम्वाङको ध्यानाकर्षण गराएको छ । लगत्तै सभाध्यक्षको पहलमा गृहमन्त्री वामदेव गौतमको समेत ध्यानाकर्षण गराइएको छ । सभासद शाही हुम्ला जिल्लाकी हुन् । यसअघि पहिलो संविधानसभाका सदस्यहरुमाथि मुक्का प्रहार भएको थियो । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष झलनाथ खनालदेखि एमाओवादी सभासद झक्कु सुवेदी सम्म मुक्का प्रहारमा परेका थियो भने कांग्रेस सभापति सुशील कोइरालालाई आक्रमणको प्रयास भएको थियो । तर,महिला सभासदमाथि यसरी संविधानसभाको गेटैमा दुव्र्यवहार भएको यो पहिलो घटना हो ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments