Hindi Films

राखेप सदस्य सचिव लामालाई काम नगर्न खेलकुदमन्त्रीको निर्देशन

Unknown | 05:24 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
२८, जेठ काठमाडौं । युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामालाई काम नगर्न निर्देशन दिएका छन् । मन्त्रीको पत्रले अदालतको मानहानी गरेको भन्दै लामाले भने सर्वोच्च अदालतमा मुद्दा हाल्ने तयारी गरेका छन् । खेलकुदमन्त्री पौडेलेले २६ गते पत्र पठाएर सर्वोच्चको अन्तरिम आदेशपछि पुनर्वहानी भएका सदस्यसचिव लामासहित ६ जनालाई काम नगर्न निर्देशन दिएका छन् । मन्त्री पौडेलले हस्ताक्षर गरेको पत्रमा सदस्य सचिवका रुपमा काम नगर्न निर्देशन दिइएको छ । लामालाई बर्खास्त गर्ने निर्णय सर्वोच्च अदालतले खारेज नगरेको तथा तत्काल कार्यन्वयन नगर्न मात्र भनेकाले पदमा बसी काम नगर्न मन्त्रीले लिखित निर्देशन दिएको मन्त्री निकट स्रोतले जनाएको छ । लामा भने मन्त्रीको पत्रविरुद्ध फेरि सर्वोच्च जाने तयारीमा छन् । ‘मन्त्रीले अदालतको आदेश विपरित काम नगर्नु भनेर पत्र पठाउनु भएको रहेछ’ लामाले अनलाइनखबरसँग भने-’म भोलि अदालत जान्छु ।’ कार्यकाल सकिएको भन्दै खेलकुदमन्त्री पौडेलले सदस्य सचिव लामासहित ६ जनालाई बस्र्खात गरेको घोषणा गरेका थिए । तर, आफूलाई हटाउने निर्णयविरुद्ध लामाले दायर गरेको मुद्दामा सर्वोच्चले निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । अदालतको आदेशपछि लामाले राखेपमा पुनर्वहाली गरेका छन् । मुद्दामा २६ गते दुवै पक्षलाई छलफलका लागि बोलाएकोमा समय अभावका कारण त्यस दिन सुनुवाइ भएको थिएन ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments