घाँटीमा खुकुरी राखेर रु पाँच लाखबराबरको धनमाल चोरी
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
21 Jun
भक्तपुर- जिल्लाको सिरुटार गाविस–२ गाविस भवन नजिकै एकघरमा हतियारसहित पसेको समूहले रु पाँच लाख ५० हजार बराबरको धनमाल चोरी गरेको छ।
श्रीमान् विदेश रहेका प्रगति थापाको एकतले घरको छतबाट गएराति करिब १ बजे घरभित्र प्रवेश गरेका तीनजनाको समूहले १२ वर्षीया छोरीसँगै सुतेकी थापाको घाँटीमा खुकुरी राखेर धनमाल लुटेका हुन्।
खुकुरी र पेस्तोलसहित घरभित्र प्रवेश गरेका समूहले साढे ४ तोला सुनका गरगहना, रु ४५ हजार नगद, ल्यापटप एक थान, ट्यावलेट एक थान र मोबाइल दुई थान लुटेर लगेको स्थानीय बासिन्दा शशीजङ्ग थापाले जानकारी दिए।
कालो लुगामा माक्स लगाएर आएका समूहले आधाघण्टाको बीचमा सामान लिएर करिब २ बजे गएपछि थापाले होहल्ला गरेकी थिइन्। घरमा लुटपाट गरेपछि लुटेरा मोटरसाइकलमा भागेका स्थानीयवासीले बताएका छन्।रासस
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News



0 comments