अभिनेत्री ऋचाको लगनगाँठो
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
काठमाडौं-सन् २०१० को एक साँझ फिल्मको पर्दामा देखिएकी अभिनेत्रीलाई देख्दा गजेन्द्रराज थापाले कल्पना पनि गरेका थिएनन्, कुनै दिन उनैको सिउँदोमा सिन्दूर हाल्नेछु! तर त्यो कल्पना नै नगरेको कुरा चार वर्षपछि यथार्थमा साकार बनेको छ।
गजेन्द्रसँग जोडिएको प्रसंगकी पात्र हुन्, नेपाली अभिनेत्री ऋचा सिंह ठकुरी।
थापाले ऋचालाई ‘नाइँ नभन्नु ल' फिल्मको प्रदर्शनका क्रममा अस्ट्रेलियाको ब्रिसबेनमा पहिलोपल्ट पर्दामा देखेका थिए। तिनै गजेन्द्र र ऋचा शुक्रबार विवाह बन्धनमा बाँधिएका छन्।
करिब एक दर्जन नेपाली फिल्ममा अभिनय गरेकी ऋचाले विराटनगर जनपथ टोल निवासी गजेन्द्रसँग मागी विवाह गरेकी हुन्। वसुन्धरास्थित दियालो पार्टी प्यालेसमा वैदिक विधिअनुसार शुक्रबार उनीहरूको विवाह सम्पन्न भएको हो।
गजेन्द्र र ऋचाको प्रत्यक्ष भेट पारिवारिक जमघटका अवसरमा भएको थियो। त्यसयता सम्पर्कमा रहेका दुवैले केही समयपछि विवाह गर्ने निर्णय गरेका थिए। तर विवाहअघि प्रेम नभएको ऋचाले स्पष्ट पारिन्। ‘झट्ट विवाह भएको सुन्दा धेरैलाई हामीबीच प्रेम थियो कि भन्ने भ्रम हुन सक्छ। उहाँहरू विधि पुर्याएर माग्न आइसकेपछि र घरबाट पनि विवाहका लागि स्वीकृति दिएपछि मात्रै बल्ल प्रेम सुरु भएको हो,' ऋचाले हाँस्दै भनिन्। विवाह गर्ने भनेर टुंगो लाग्दा पनि लगन जुर्न भने करिब डेढ वर्ष लागेको उनले सुनाइन्।
ऋचाले गजेन्द्रलाई डेढ वर्षअघि मात्र भेटेको भए पनि गजेन्द्रले उनलाई सन् २०१० मै देखेका थिए। ‘रियलमा होइन रिलमा देखेको थिएँ,' गजेन्द्रले भने, ‘ऋचाको पहिलो फिल्म ‘नाइँ नभन्नु ल'लाई अस्ट्रेलियाको ब्रिसबनमा हामीले नै प्रदर्शनको चाँजो मिलाएका थियौं। उनलाई यहीँ देखेको थिएँ।'
अस्ट्रेलियामा बसोबास गर्दै आएका गजेन्द्र ऋचाको मिलनसार स्वभावबाट खास प्रभावित बनेका रहेछन्।
यसअघि रिलमा ‘धड्कनभित्र'मा प्रशान्त तामाङसँग विवाह गरेकी ऋचाले फिल्म र साँच्चिकैको विवाहमा आकाश जमिनको फरक रहेको अनुभव सुनाइन्। ‘फिल्ममा रि–टेक गर्न मिल्छ तर यहाँ मिल्दैन। त्यसैले एकदमै नौलो अनुभव भइरहेको छ,' ऋचाले भनिन्। उनले विवाहपछि फिल्म खेल्ने–नखेल्ने विषयमा भने निर्णय गरिनसकेको बताइन्। ‘सल्लाह गरेर निर्णय गर्छौं तर उहाँको तर्फबाट फिल्म खेल्न कुनै अवरोध हुन्न। हामी बीचमा एक अर्काको कामलाई सपोर्ट गर्ने समझदारी बनिसकेको छ।
सन् २००९ मा ‘नाइँ नभन्नु ल'बाट नेपाली फिल्ममा डेब्यु गरेकी ऋचाले ‘म तिम्रो भइसकेँ', ‘माया गर ल', ‘खुड्किलो', ‘मनमनै मन पराएँ' गरी करिब दर्जन फिल्ममा अभिनय गरेकी छिन्।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category:




0 comments