Hindi Films

न्यूयोर्कमा प्रधानमन्त्री कोइरालाको थप स्वास्थ्य परीक्षण

Unknown | 03:20 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
११ असार, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले न्यूयोर्कका स्लोन मेमोरियल केटरिङ्ग क्यान्सर सेन्टरमा थप स्वास्थ्य परीक्षण गरेका छन् । असपतालको सिफारिस अनुसार मंगलबार राति कोइरालाको थप स्वास्थ्य भएको राष्ट्रसंघका लागि नेपालको स्थायी मिसनले जनाएको छ । कोइराला बुधबार र बिहीबार पनि परीक्षण हुनेछ । छातीमा सेतो दाग देखिएपछि कोइरालालाई क्यान्सर भएको आशंका गरिएको छ । यद्यपि प्रारम्भीक परीक्षणको रिपोर्ट अझै आइसकेको छैन । स्वास्थ्य परीक्षणका लागि कोइराला अघिल्लो सोमबार अमेरिकी प्रस्थान गरेका थिए ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments