Hindi Films

काँधमा टोकेको आरोपमा स्वरेज भन्छन्-मैदानभित्र यस्तो घटना भइरहन्छ

Unknown | 03:17 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
इटलीका डिफेण्डर जर्जिओलाई टोकेको आरोप लागेपछि उरुग्वेका स्ट्राइकर लुइस स्वरेज एकाएक नायकबाट खलनायक बनेका छन् । इङ्ल्याण्डलाई २-१ ले पराजित गर्दा दुबै गोल गरेपछि स्वरेज नायक बनेका थिए । तर, इटलीविरुद्धको खेलमा स्वरेजलमाथि जर्जिओको काँधमा टोकेको आरोप लागेको छ । पटक पटक विपक्षी खेलाडीलाई टोकेको भन्दै स्वरेजलाई समाजिक संजालहरुमा ‘मान्छेको मासु खाने व्यक्तिका रुपमा समेत चित्रण गरिएको छ । जर्जिओले स्वरेजलाई साँपको संज्ञा दिएका छन् भने फिफाले छानविन थालेको छ । तर, स्वरेजले भने मैदानभित्र भएको घटनालाई धेरै नउचाल्न आग्रह गरेका छन् । उरुग्वेको टेलिभिजनसँग उनले भनेका छन्-’मैदानमा यस्तो भइरहन्छ । हामी एकअर्कासँग ठोक्कियौं र उनले मलाई काँधले ठक्का दिए । मैदानभित्र यस्तो घटना भइरहन्छ । यसलाई धेरै उछाल्न आवश्यक छैन ।’ उरुग्वेका गोडिनले निर्णायक गोल गर्नु केहीबेर अघि भएको घटनापछि जर्जिओले टिसर्ट सार्दै रेफ्रीलाई देखाउने कोसिस गरेका थिए भने स्वरेजले आफ्नो दाँत समाउँदै आफूलाई काँधले मुखमा धक्का दिएको अपील गरिरहेका थिए ।
स्वरेजमाथि टोकेको आरोप लागेको यो तेस्रो पटक हो । ३०१३ अप्रिलमा प्रिमियर लिगमा चेल्सीका इभानोभिचलाई टोकेको आरोपमा उनीमाथि १० खेलको प्रतिवन्ध लाग्यो । २०१० मा पनि उनीमाथि विपक्षी खेलाडीलाई टोकेको आरोप लाग्यो । तर, उरुग्वेका कप्तान डिएगो लुगानोले जर्जिओको आरोप गलत भएको भन्दै स्वरेजको बचाउ गरेका छन् । उरुग्वेका पत्रकारहरुले पनि आरोपको खण्डन गरेका छन् । बेलायती सञ्चार माध्यमहरुले स्वरेजमाथि लगायत आक्रमण गरेको उनीहरुले बताए । २४ खेलको प्रतिवन्ध ! फिफाले रेफ्रीको रिपोर्ट आएपछि छानविन थाल्नेछ । प्रमाणित भएमा स्वरेजमाथि २४ खेल वा दुई वर्षको प्रतिवन्ध लाग्नेछ । अहिले भने प्रमाणहरु जुटाउने काम भइरहेको फिफाका एक प्रवक्ताले बताएका छन् । विश्वकपमा अहिलेसम्म सबैभन्दा लामो ८ खेलको प्रतिवन्ध लागेको छ । सन् १९९४ मा स्पेनका लुइस एनरीकाको नाक फुटाएको आरोपमा इटलीका मार्रो तासोटीलाई ८ खेलको प्रतिवन्ध लागेको थियो । २००६ को विश्वकपको फाइनलमा मार्कोको छातिमा टाउकोले हानेपछि फ्रान्सका जिनेदान जिदानमाथि तीन खेलको प्रतिवन्ध लाग्यो ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments