काठमाडौँ गागलफेदीका गाविस सचिव घुस लिँदालिँदै पक्राउ
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदै गरेको अवस्थामा काठमाडौँ गागलफेदीका गाविस सचिव तेजराज अर्याललाई अनामनगरबाट पक्राउ गरेको छ । आयोगका प्रवक्ता श्रीधर सापकोटाका अनुसार काभ्रे बनेपा नगरपालिकाका एक सेवाग्राहीसँग सम्पत्ति मूल्याङ्कन गराएवापत तिर्नुपर्ने राजस्व नतिरी कागजात मिलाइदिन्छु भनी गाविसको लेटरप्याड र छापको प्रयोग गरिरहेको अवस्थामा सचिव अर्याललाई आज पक्राउ गरिएको हो । अनामनगरको शिखर फुडल्यान्डमा प्रोपर्टी भ्यालुएसन गराए बापत राजस्व नतिरी कागजात मिलाइदिन्छु भनी सेवाग्राहीसँग रु १५ हजार घुस लिँदै गरेको अवस्थामा आयोगले रङ्गेहात नियन्त्रणमा लिएको हो । पक्राउ परेका अर्याललाई हिरासतमा लिइ थप अनुसन्धान भइरहेको छ । अर्याललाई आयोगको ऐन, २०४८ को दफा १९ को उपदफा ३ बमोजिम पदबाट निलम्बन गर्न काठमाडौँका स्थानीय विकास अधिकारीलाई निर्देशन दिइएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News




0 comments