अर्घाखाँचीमा जन्ती बस दुर्घटना २ जनाको मृत्यु, १५ जना घाइते
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
अर्घाखाँची : अर्घाखाँचीको ठाडा ३ कोप्चीबासमा जन्ती बोकेको बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा १५ जना घाइते भएका छन्। जुकेनाबाट जन्ती लिएर बुटबल जाँदै गरेको लु१ख ७५९३ नम्बरको माइक्रो बस सडकबाट तल खसेर दुर्घटना हुँदा रुपन्देही पानबारी ४ का ४८ वर्षीय पुनाराम भट्टराई र सालझण्डी ८ कि जमुना पाख्रेलको मृत्यु भएको प्रहरी नायब उपरीक्षक दिपेन्द्र जिसिले बताए। घाइतेहरूको तत्काल प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भइरहेको छ। घटनास्थलमा प्रहरी र स्थानीय बासिन्दाले उद्धार गरेका छन्।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News




0 comments