जण्डिसबाट कसरी बच्ने ?
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
गर्मी यामको शुरुवात संगै देशका विभिन्न भागमा खाना तथा पानीको माध्यमबाट झाडापखाला, जण्डिस आदि रोगहरु फैलिएको वा फैलिन सक्ने सम्भावना देखिएको हुंदा खाना तथा पानीको प्रयोग गर्दा निम्न कुराहरुमा ध्यान दिई रोग फैलिनबाट बच्न सकिन्छ । पानीलाई उमालेर अथवा क्लोरिनको प्रयोगद्वारा निर्मलीकरण गरेर मात्र पिउने गरौं ।
फलफूल, सागपात र तरकारी पखाल्दा सफा पानीको प्रयोग गरौं । बासी, सडेगलेका, झिंगा भन्किएका तथा खुल्ला राखिएका खानेकुरा उपभोग नगरौं । काँचो र पकाइसकेका खानेकुरा छुट्टाछुट्टै राखौं । खाना बनाउनु अघि, खाना खानु अघि, शौचालय प्रयोग गरिसकेपछि, केटाकेटीको दिशा धोइसकेपछि तथा गाई बस्तु, पशुपंक्षीको सम्पर्कमा आए पछि अनिवार्य रुपपमा साबुन पानीले हात धोऔं । माछामासु काट्ने र तरकारी फलफूल काट्ने चक्कु भिन्दा–भिन्दै प्रयोग गरौं । होटल, रेष्टुरेण्टमा खाजा तथा खाना खांदा सकेसम्म ताजा तथा तातै खाने गरौं । कांचै खाइने सलाद जस्ता खानेकुराहरु उमालेको अथवा निर्मलीकरण गरिएको पानीमा एकछिन डुबाएर मात्र उपभोग गरौं । पकाइसकेका खाना तथा पानीलाई राम्रोसंग छोपेर राखौं । खाद्य वस्तुको सम्पर्कमा आउने भाँडाकुँडा सुख्खा ओभानो हुनु पर्छ । अप्रशोधित कच्चा पदार्थ जस्तै माछा, मासु, तरकारी काट्न प्रयोग गरिने चक्कु वा चपिङ बोर्ड राम्ररी सफा र सुख्खा नबनाई सलादको रुपमा खाने तरकारी फलपूmल काट्न प्रयोग गर्नु हुँदैन । घरपालुवा जनावर, चरा, मुसा आदिलाई खाना पकाउने ठाउँमा आउन नदिन ध्यान पु¥याऔं । उपभोग्य मिति समाप्त भइसकेका खाद्य तथा पेय पदार्थ उपभोग नगरौं । बालबालिका, वृद्ध तथा बिरामीहरुको खानपान र सरसफाइमा थप सावधानी अपनाऔं ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News




0 comments