Hindi Films

हङकङ अवार्डमा रेखा, नम्रता, निता, ऋचा र केकीको भिडन्त

Unknown | 06:19 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
नेपाल चलचित्र प्राविधिक संघले हङकङमा आयोजना गर्न लागेको ‘सातौ नेफ्टा फिल्म अवार्ड’का लागि उत्कृष्ट ५ को नाम सार्वजनिक गरेको छ । विभिन्न ३४ विधाका उत्कृष्ट ५ को नाम काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा घोषणा गरियो । ३ साता लगाएर जुरीहरुले ६० भन्दा बढी सिनेमा हेरेपछि अन्तिम ५ को नाम सार्वजनिक गरिएको हो । यसपश्चात आयोजकले उत्कृष्ट ३ को नाम सार्वजनिक गर्नेछ । ३४ विधाका उत्कृष्ट चलचित्रकर्मी र फिल्मको नाम नेफ्टाले सार्वजनिक गरेको हो ।
नेफ्टाले नायक नायिकालाई पपुलर विधा अन्र्तगत २ वटा विधा छुट्टयाएको छ । जसमा पपुलर नायकतर्फ आर्यन सिग्देल, दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा र जीवन लुइटेल छन् । यस्तै पपुलर नायिकातर्फ रेखा थापा, नम्रता श्रेष्ठ, केकी अधिकारी, प्रियंका कार्की र निता ढुंगाना छन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments