हल खाली भएपछि सिक्किममा न नाचिन् प्रियंका, न गाइन् आस्थाले
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
सिक्किममा आफ्नो हट नृत्य गर्न पुगेकी नायिका प्रियंका कार्की रित्तो हात फर्किनु परेको छ । कार्यक्रमको अन्तिममा एउटा गीतमा नृत्य गर्ने तयारीमा लागेकी कार्कीले प्रस्तुती दिन पाइनन् ।
कार्यक्रमको बिचमा नै मुख्य मन्त्री, उपस्थिती भीआइपीहरु उठेपछि उनले नृत्य गर्न नपाएकी हुन् । यस्तै नायिका सुष्मा कार्कीले पनि एउटा गीतमा मात्र नृत्य गरेकी छिन् । नेपालबाट नृत्य गर्न नायिकात्रय सुष्मा कार्की, प्रियंका कार्की र अर्चना डेलाला पुगेका थिए । यस्तै, गायिका आस्था बीले प्रस्तुती दिन पाइनन् ।
कार्यक्रमको बिचमै भीआइपीहरु उठेर हिडेपछि उनीहरुले प्रस्तुती दिन नपाएको वुझिएको छ । सिक्किमका मुख्य मन्त्रीको क्यासिनो र होटलको बार्षिकोत्सवको अवसरमा आयोजना भएको कार्यक्रममा नेपालका नायिकाहरु पुगेका हुन् । यस्तै बलिउड नायिका सन्नी लियोनी पनि कार्यक्रममा आउने कुरा थियो ।
तर कार्यक्रममा सन्नी पनि अनुपस्थित भइन् । हल खाली भएपछि नायिका कार्की र गायिका आस्था बीले आफूहरुलाई नेपालबाट बोलाएर रित्तो हलमा नचाउन खोजेको भन्दै नाच्न मानेनन् । यसपछि आयोजकले कार्यक्रम विचमै समाप्त भएको घोषणा गरेको थियो ।
नेपालका नायिकाहरुले नृत्य गर्ने कार्यक्रममा विशिष्ट अतिथीहरुले नै किन चासो देखाएनन्, यतिबेला चर्चाको बिषय बनेको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category:




0 comments