Hindi Films

बंगलादेशमा प्रतिबन्धित इस्लामिक समूहका ८ सदस्यलाई मृत्युदण्डको सजाय

Unknown | 06:58 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
काठमाडौं, आषाढ ९ । बंगलादेशमा प्रतिबन्धित इस्लामिक समूह हर्कत उल–जिहाद अल–इस्लामिक समूह (हुजी) का आठ सदस्यलाई मृत्युदण्डको सजाय सुनाइएको छ । अरु ६ जनालाई भने आजीवन काराबासको सजाय सुनाइएको छ । सन् २००१ को अप्रिल १४ मा राजधानी ढाकामा गराइएको बमकाण्डमा संलग्न रहेको ठहर गर्दै अदालतले उनीहरुलाई मृत्युदण्डको सजाय सुनाएको हो । मृत्युदण्डको सजाय सुनाइएकाहरुमा समुहका नेता मुफ्ती अब्दुल हान्नानसमेत रहेका छन् । हर्कत उल–जिहाद नाचगानका कार्यक्रमहरु गर्ने समूह रहेको बीबीसीले जनाएको छ ।
इस्लामिक समूहका सदस्यहरुले अरु विभिन्न अभियोगमा मृत्युदण्डको सजाय सुनाइरहेका बेला आज फेरि अर्को मृत्युदण्डको फैसला सुनाइएको हो । सन् २००४ मा २० भन्दा बढीको मृत्यु हुने गरी गराइएको विष्फोटलगायत हालैका विष्फोटहरुमा पनि हुजी समूहको संलग्नता रहेको आरोप लागेको छ । मुस्लिम जनसंख्याको बाहुल्य रहेको बंगलादेशमा सन् १९७१ को स्वतन्त्रता संग्र्राममा युद्ध अपराध गरेको अभियोगमा शीर्ष इस्लामिक नेताहरुलाई मृत्युदण्डको सजाय सुनाइएपछि बृहत विरोध प्रदर्शनहरु हुँदै आएका छन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments