Hindi Films

सडकका रुखमा झुण्डियो ‘नागबेली’

Unknown | 04:55 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
नेपाली सिनेमाका निर्माताहरु आफ्नो चलचित्र प्रचारका लागि नयाँ नयाँ खुराक खोस्छन् । कसरी हुन्छ दर्शकलाई सिनेमाको बारेमा जानकारी गराउने र हलसम्म तान्ने उपायमा उनीहरु लागेका हुन्छन् । सिनेमा प्रचारका लागि भित्ते लेखन पुरानो भैसकेको छ । अब असार २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘नागबेली’को निर्माण यूनिटले नयाँ उपाय खोजेको छ ।
चलचित्रको प्रचारका लागि सडक छेउका रुखहरु प्रयोग गरिएको छ । तपाई कतै यात्रा गर्दै हुनुहुन्छ भने राजमार्गमा ‘नागबेली’ लेखिएको साना-साना बोर्डहरु देख्न सक्नुहुनेछ । गोविन्द राइको निर्देशनमा तयार भएको यो चलचित्रले राष्ट्रियताको कथा बोल्छ । चलचित्रमा दयाहाङ राई, विक्की मल्ल, हषिर्का श्रेष्ठ, यशराज लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रलाई बेलायतमा बस्दै आएकी रोमियन लिम्बुले निर्माण गरेकी हुन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments