सरुवाका लागि ब्रिफकेस बोकेर आए टाउको फुटाइदिन्छु : मन्त्री पण्डित
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
ध्रुव भट्टराई
२५ जेठ, विराटनगर । सामान्य प्रशासन मन्त्री लालवावु पण्डितले निजामती कर्मचारीको सरुवाका लागि पैसाको विटो (ब्रिफकेस) बोकेर आउने कर्मचारीलाई टाउको फुटाउने चेतावनी दिएका छन् ।
निजामती कर्मचारी सरुवाका लागि आर्थिक चलखेल हुने गरेको गुनासो आइरहेका बेला मन्त्री पण्डितले भने-’साउन महिना आउनै लाग्दा निजामती कर्मचारी सरुवाका लागि ठुलो आर्थिक चलखेल हुने गरेको छ । सरुवाका लागि व्रिफकेस बोकेर म कहाँ कोही आउछ भने म तेही वि्रफकेशले हानेर टाउको फुटाइदिन्छु । तपाईले मानव अधिकार हनन् भयो नभन्नु होला ।’
आइतबार जिल्ला प्रशासन कार्यालय मोरङको सभाहलमा आयोजित निजामति सेवाका समस्या र चुनौती सामधानका विषयक अन्तरक्रियामा मन्त्री पण्डितले काम नगर्ने र सरुवाका लागि वि्रफकेस बोकेर चलखेल गर्ने कर्मचारीलाई भौतिक कारवाही गर्ने चेतावनी दिए ।
कार्यक्रममा सहभागी कार्यालय प्रमुखहरुले सरुवा प्रकृयामा कामको मूल्यांकन भन्दा पैसाको चलखेल हुने गरेको भन्दै रोक्न आग्रह गरेका थिए ।
सामान्य प्रशासन मन्त्री पण्डितले निजामती प्रशासनमा देखिएका विकृति र विसङ्गतिलाई हटाउन आफूले पुनः उच्चस्तरीय प्रशासन सुधार आयोग गठन गर्ने बताए । उनका अनुसार आयोगमा पूर्व प्रशासक, प्रशासनविद् तथा विज्ञ प्राध्यापकलाई राखिनेछ ।
उनले काशीराज दाहालको अध्यक्षतामा गठित प्रशासन सुधार आयोगको प्रतिवेदनको अध्ययन भइरहेको र त्यसका आधारमा पनि प्रशासनमा सुधार गर्ने र कमीकमजोरी देखिएमा पुनः नयाँ उच्चस्तरीय सुधार आयोग गर्नेतर्फ लाग्ने बताए । उनले निजामती प्रशासनमा हाल सात वटा ट्रेड युनियन रहेकाले त्यसलाई हटाई एउटा मात्र ट्रेड युनियन राख्ने बताए ।
जागीर नेपालमा खाने र स्थायी बसोबास अनुमति -पिआर) लिने र डिभी चिठ्ठा सहभागी हुने र सम्पत्ति विदेशमा पठाउने सरकारी कर्मचारीलाई कुनै हालतमा नछोड्ने भन्दै उनले त्यस्तो गरेको पाइए जागिरबाट अवकाश दिने बताए ।
धार्मिक कार्य बाहेक निजी लाभको कुनै पनि काममा सरकारी कर्मचारी बस्न नहुने र त्यस्तो गरेको पाइएमा कारबाही हुने पनि उनले बताए ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News




0 comments