गच्छदारले सुशील, झलनाथ र शेरबहादुरलाई बनासर जान भनेपछि संसदमा हंगामा
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
२५ जेठ, काठमाडौं । व्यवस्थापिका संसदको बैठक सुचारु गर्ने प्रयास असफल भएको छ । उच्चस्तरीय राजनीतिक समितिको संयोजकबारे दलहरुबीच सहमति हुन नसकेपछि आइतबार पनि सदन सुचारु भएन ।
एमाओवादीसहितका विपक्षी दलहरुले बजेट रकमान्तरको विरोध गर्दै सदन अवरुद्ध पारे ।
बैठकमा समय लिएर बोल्दै फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले सरकार संविधान बनाउन गम्भीर नभएको आरोप लगाए । उनले कांग्रेस र एमालेका नेताहरुको नामै लिएर संविधान नबने बनारसको सागरनाथ गएर माला जपेर बस्नु पर्ने चेतावनी दिए ।
‘दुई तिहाइ बहुमतको अहंकारमा कांग्रेस र एमालेले आफूलाई मन लागेको संंविधान ल्याउन कांग्रेस एमाले यो देशको दाता हुन् ?’ गच्छदारले भने-’हामीले संविधान दिन नसक्ने हो भने कांग्रेसका नेता सुशीलदा फेरि बनारसको सागरनाथ गए हन्छ । शेरबहादुरजी पनि उतै गएहुन्छ । एमालेका नेताहरु झलनाथ खनालपछि गए हुन्छ ।’
लगतै त्तारुढ दलका सभासदहरुले नियमापत्ति गरेका थिए । तर, गच्छदारले भने आफूले संसदीय सीमा ननाघेको जवाफ दिए ।
काम हुन नसकेको कुनै एक योजनाको रकम अर्कोमा रकमान्तर गर्ने सरकारको अधिकार भएको तर, आफूले नयाँ योजनाका लागि रकमान्तर भएकोमा विरोध गरेको बताए । आफू पटक पटक सरकारमा बसेको भन्दै उनले भने-’अर्थमन्त्रीजी तपाई रकमान्तरको विवरण ल्याउनुस् । कहाँ अनियमिता भयो हामी भन्दिन्छौं ।’
फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले तीन दलको बैठक एमाले नेताले भाँडेको आरोप लगाए । गच्छदारले सहमति नभएसम्म सदन चल्न नसक्ने बताए । उनले बोलेपछि विपक्षी दलका सभासदहरुले उभिएर विरोध गरे ।
लगतै कांग्रेस सभासद रमेश लेखकले समय मागे । सभामुख सुवास नेम्वाङले सदन सुचारु गर्न छलफल गर्न प्रस्ताव गरे पनि विपक्षी दलहरुले अस्वीकार गर्दै उभिरहे । सभामुखले सभासदहरु उभिरहेको अवस्थामा बैठक अघि नबढ्ने भन्दै संसद बैठक अवरुद्ध पारे ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News



0 comments