जन्मिएको १३ दिनमै कृत्रिम मुटु त प्रतिरोपण गरियो, तर …
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
जन्मिएको १३ दिनमा कृत्रिम मुटु प्रतिरोपण गरिएको तियार्ना मिडल्टनलाई डाक्टरहरुले बचाउन सकेनन् । तियार्ना सबैभन्दा कम उमेरमा कृत्रिम हृदय प्रतिरोपण गर्ने सबैभन्दा सानो बच्चा भएको बताइएको छ ।
उनको जन्म २२ मेमा भएको थियो । तर, उनको मुटुको धमनी विकसित हुन सकेन । गत साता भएको अपरेशनपछि केही जटिलताका बीच तियार्ना मिडल्टनको सोमबार निधन भएको छ ।
बि्रटेनको न्यूक्यासलका फ्रिम्यान अस्पतालका डाक्टरहरुले नौं घन्टा लामो अपरेशनपछि बच्चाको बाहिर यो उपकरण लगाइएको थियो । मुटु दान गर्ने अर्को व्यक्ति नभेटिएसम्म उनलाई यो उपकरणले जीवित राख्ने अपेक्षा गरिएको थियो ।
तिर्यानाका आमाबाबु ग्यारी मिडल्टन र शार्नी ग्रेले अपरेशनपछि आफूहरुले हरेक घन्टाको स्थिति जानकारी लिएका थिए । ग्रेले फेसबुकमा लेखेका छन्-मेरो सानी राजकुमारी गएराति देवदूत बनिन् ।’
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News




0 comments