Hindi Films

चुरोट, बिँडी र पान खाँदा क्यान्सर पीडित भइयो : प्रधानमन्त्री

Unknown | 03:17 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
२८ जेठ, बिराटनगर । प्रधानमन्त्री सुशील कोइरालाले विगतमा आफूले चुरोट बिँडी खाने गरेकाले क्यान्सर रोग लागेको बताएका छन् । नेपाल प्रेस युनियनले मोरङको बिराटनगर विमानस्थलमा बुधबार गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री कोइरालाले क्यानसरकै उपचारका लागि आफू अमेरिका जाने तयारीमा रहेको बताए । प्रधानमन्त्री कोइरालाले भने, ‘चुरोट, बिँडी, पानजस्ता चिजहरु खानेलाई क्यान्सर रोग लाग्छ । मैले पहिले खाने गरेको थिएँ । मलाई पनि क्यान्सर रोगले नै समातेको छ । यसको उपचारका लागि अमेरिका जाने तयारीमा छु ।’ प्रधानमन्त्री कोइरालाले पूर्वाञ्चल विश्वविद्यालयको गरेको शाख जोगाउन सरकारले कुनै कशुर बाँकी नराख्ने वताए । उनले भने, ‘पूर्वाञ्चल विश्वविद्यालयको शाख अब गिर्न दिनुहुँदैन । उपकुलपतिको नियुक्ति भइसकेको छ । अन्य पदाधिकारीको नियुक्ति पनि छिट्टै गर्छौँ ।’ उनले पूर्वाञ्चल विश्वविद्यालयलाई शिक्षा क्षेत्रमा अग्रणी संस्थाका रुपमा विकास गर्नु पर्ने बताए । संसद अवरुद्ध गर्नु गैरजिम्मेवार कार्य प्रधानमन्त्री कोइरालाले एमाओवादीले सदन अवरुद्ध गरेर संविधान निर्माण कार्यप्रति गैरजिम्मेवारपन देखाएको बताए । कोइरालाले सरकार ४ बुँदे सहमति कार्यान्वयन गर्न प्रतिबद्ध रहेको वताए । उनले एमाओेवादीसँग उच्चस्तरिय राजनीतिक समितिको नेतृत्वका विषयमा मात्रै कुरा नमिलेको वताए । उनले भने,’हामीले समितिको नेतृत्व आलोपालो गरौँ भन्ने प्रस्ताव राखेको छौँ । तर उहाँहरुले स्थायी नेतृत्व पाउनुपर्छ भन्नु भएको छ । यो विषयमा थप छलफल गरेर सहमतिमा पुग्छौँ ।’
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments