Hindi Films

के बाबुरामले मागेका चलचित्र सम्बन्धी कुरा संविधानमा अटाउला ?

Unknown | 06:25 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
एकिकृत नेकपा माओवादीका बरिष्ठ नेता डाक्टर बाबुराम भट्टराई सिनेमा तथा संगीतप्रति निक्कै चासो राख्छन् । चलचित्र क्षेत्रका कलाकार, पत्रकार उनका लागि प्रिय छन् । यही क्रममा उनले चलचित्रकर्मी र सांस्कृतिककर्मीसँग अन्र्तक्रिया गरेका छन् । बिहिबार भएको अन्र्तक्रियामा विभिन्न सुझावहरु चलचित्रकर्मीले उनलाई दिएका छन् ।
बाबुरामले संवैधानिक समितीको सभापती भएको हैसियतले छलफल गरेका हुन् । अन्र्तक्रियामा नेपाली सिनेमाका निर्माता, निर्देशक, कलाकार, संगीतकर्मीहरु सभागी थिए । चलचित्र तथा सांस्कृतिककर्मीहरुले बाबुरामलाई विभिन्न सुझा तयार पारेका छन् । जसबाट उनले ११ वुँदा सार्वजनिक गरेका छन् । १.नयाँ संविधान राज्यको निर्देशक सिद्धान्तमा चलचित्र र सांकृतिक क्षेत्रको विकास नीतिबारे उल्लेख हुनुपर्ने । २. राष्ट्रिय चलचित्र नीति छिटो पारित र लागू हुनुपर्ने । ३. विदेशस्थित नेपाली दूतावासहरुमा सांकृतिक सहचारीको व्यवस्था हुनुपर्ने । ४. रंगमञ्च, नाट्यकलाको प्रवर्धनका लागि राज्यले विशेष अनुदानको व्यवस्था गर्नुपर्ने । ५.नेपालमा हुने विदेशी वस्तुको विज्ञापनमा नेपाली कलाकार नै प्रयोग हुनुपर्ने । ६. कलाकार तथा खेलाडीहरुलाई विशेष पासपोर्टका व्यवस्था हुनुपर्ने । ७.विदेशका नेपालीभाषी क्षेत्रहरुमा नेपाली फिल्म निर्यातको विशेष पहल हुनुपर्ने । ८. अभिनय र चलचित्र निर्माण सम्बन्धी अध्ययन तालिमका लागि छात्रावृत्तीको व्यवस्था हुनुपर्ने । ८. देशमा चलचित्र पर्यटनको प्रवर्धन गर्नुपर्ने । १०. नेपाली चलचित्रको प्रतिस्पर्धी क्षमता वृद्धी गर्न राज्यले विशेष संरक्षणको नीति लिनु पर्ने । ११. कलाकारलाई गहना होइन सांकृतिक मेरुदण्डको रुपमा ग्रहण गर्नुपर्ने ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments