केपी र माधववीच जुँगाको लडाइँ
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
६ असार, काठमाडौं । नेकपा एमालेको नवौं महाधिवशेनको तिथि नजिकिँदैछ । शनिबार देशैभरिबाट एकसाथ महाधिवेशन प्रतिनिधिहरुको छनोट हुँदैछ । कतिपय जिल्लामा निर्विरोधरुपमा प्रतिनिधिहरु चयन भइरहेका छन् । यसवीचमा केन्द्रीय तहका नेताहरु भने एकले अर्कोलाई नङ्ग्याउन र खुइल्याउनका लागि प्रयत्नरत छन् । पार्टीभित्र वैचारिक राजनीतकि बहस छायाँमा परेको छ ।
एमालेको अध्यक्ष पदका लागि प्रत्याशी बनेका माधवकुमार नेपाल र केपी शर्मा ओली दुबै नेताहरुमा राम्रा र नराम्रा दुबैखाले विशेषताहरु छन् । उनीहरुवीच केही स्वाभावजन्य एवं शारीरिक अवस्थामा पनि भिन्नताहरु छन् । तर, दुबैले अध्यक्षका लागि प्रतिस्पर्धा गर्ने नाममा एउटाले अर्कोलाई पार्टीकै लागि घातक र काम नलाग्नेजस्तो गरी प्रचार गरिरहेका छन् । यसले एमालेलाई फाइदाभन्दा बढी नोक्सान पुर्याउने देखिन्छ ।
माधव नेपाल र केपी ओली दुबैपक्षमा लागेका केही नेताहरु राम्रा मानिन्छन्. र उनीहरु नेकपा एमालेको केन्द्रीय नेतृत्वमा आउन जरुरी देखिन्छ । गर, नेताको चर्को गुटबन्दीमा परेर एमालेभित्रका राम्रा मान्छेलेसमेत महाधिवेशनमा हार्ने त होइनन् ? यस्तो गम्भीर प्रश्न पनि एमालेभित्र उठ्न थालेको छ ।
प्रदीप ज्ञवाली, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, घनश्याम भुसाल, रघु पन्त, गोकर्ण विष्ट, योगेश भट्टराई, राजन भट्टराई, रविन्द्र अधिकारी, रामकुमारी झाँक्री जस्ता नयाँ पुस्ताका नेताहरु पार्टीको नीति निर्माण तहमा पुग्नैपर्ने व्यक्तिहरु हुन् । तर, ओली र नेपालपक्षको कित्ताकाटका कारण यीमध्ये कुनै पनि नेताहरु केन्द्रीय कमिटीमा परेनन् भने यसबाट नेकपा एमालेलाई नै घाटा पुग्न जानेछ ।
एउटाले अर्को गुटलाई खुइल्याउने नाममा महाधिवेशनमा प्यानलबन्दी भयो भने त्यो स्थितिमा जो अध्यक्ष बने पनि राम्रा मान्छे टीममा छुट्दा उसलाई काम गर्न सहज हुने छैन । माधव पक्षको बहुमत लिएर ओली अध्यक्ष बन्ने वा ओली पक्षका बहुमत केन्द्रीय सदस्यलाई लिएर माधव नेपाल अध्यक्ष बन्ने स्थिति आयो भने पनि एमालेमा गति नआउन सक्छ ।
अनावश्यक विवाद
एमालेभित्रको विवाद यतिबेला नीतिगत एवं भविश्यको बारेमा भन्दा पनि भुतप्रभावी देखिएको छ । केपी ओलीले गणतन्त्रलाई समर्थन गरेका थिए कि थिएनन् या माधव नेपालले दाम राखेर ढोगेका थिए भन्नेतर्फ विवाद गरेर नेताहरुले एमालेलाई भविश्यमा कस्तो बनाउने भन्नेतिर कम ध्यान दिइरहेका छन् ।
विगतमा सिंगै एमालेले संवैधानिक राजतन्त्रलाई समर्थन गरेको हुनाले को राजावादी र गणतन्त्रवादी भन्ने बहस अब पश्चगामी विषय भैसकेको छ ।
केपी ओलीले गणतन्त्रमा जाने प्रस्तावलाई समर्थन गरेका थिएनन् या माधव नेपालले नै गणतन्त्र ल्याउन योगदान गरेका थिए भन्ने बहस भुतप्रभावी बहस हो ।
माधव नेपालले पहिल्यै पार्टी प्रमुख भइसकेकाले विधानतः अध्यक्षमा उठ्न नपाउने तर्क पनि केही नेताले गरेका छन् । यो पनि भुतप्रभावी बहसका रुपमा अगाडि आएको छ । किनभने विधान वा बनेपछि हुने घटनामा मात्रै त्यो लागू हुन्छ । पछि बनेको कानून वा विधानले अघिको व्यवहारलाई कारवाही गर्न खोज्नु भुतप्रभावी तर्क हो । एमालेको आठौं महाधिवेशनमा बनेको विधानले अब आइन्दा दुई कार्यकाल भन्दा बढी पार्टी प्रमुख हुन पाइँदैन भनेको हो । यो अवस्थामा पछि बनेको विधानले माधव नेपालको भुतकालीन कार्यकाल घटाउन मिल्छ ? यो पनि गम्भीर प्रश्न हो ।
त्यसैगरी माधव नेपाल पक्षले केपी ओली बिरामी भएकाले अध्यक्ष चलाउन नसक्ने बताइरहेको छ । तर, त्यसरी मानवीय सम्वेदनामा प्रहार गर्ने विषय पनि उपयुक्त देखिँदैन । ओली र माधव नेपाल दुबैले म पार्टीको अध्यक्ष भएँ भने आफ्नो कार्यकालमा यो यो काम गर्छु भनेर योजना प्रस्तुत गरेका छैनन् । विगतमा कसले बाघका जुँदा उखेल्यो भन्नेमै नेताहरु माथापच्चिसी गरिहरेका छन् ।
माधव नेपाल भन्छन्- मैले राजा ज्ञानेन्द्रका जुँगा उखेलें । केपी ओली भन्छन्- मैले प्रचण्डका जुँगा ठुन्क्याएँ । तर, एमालेका दुबै हस्तीले एमालेलाई कस्तो बनाउने भन्ने घोषणापत्र कार्यकर्तामाझ ल्याउन सकेका छैनन् । दुबै पक्षका नेताहरु नीति र विचार भन्दा पनि पद एक अर्कालाई खुइल्याउनेतिरै बढी केन्दि्रत देखिएका छन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News
0 comments