Hindi Films

विश्वकप हेरिरहेको सार्वजनिक स्थानमा विस्फोट २१ जनाको मृत्यु २७ घाइते

Unknown | 09:00 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
नाइजेरिया: उत्तरी नाइजेरिकाको दामातुरुमा सार्वजनिक स्थलमा विश्वकप फुटबल हेरिरहेका व्यक्तिलाई लक्ष्यगरी गरिएको एक विस्फोटमा २१ व्यक्तिको मृत्यु भएको समाचार छ । उक्त जानकारी चिकित्सकस्रोतले बुधबार एएफपी समाचार समितिलाई दिएको छ । अस्पताल स्रोतका अनुसार नायी नामा क्षेत्रमा मङ्गलबार राती भएको यस विस्फोटबाट २१ व्यक्तिको मृत्यु भएको र २७ घाइते भएका छन् । सार्वजनिकस्थलमा देखाइने विश्वकपको ब्राजिल र मेक्सिको खेल भइरहेको अवस्थामा सो विस्फोट गराइएको थियो ।
नाइजेरियाली सरकरले यो विस्फोट बोको हराम आतङ्ककारी समूहले गराएको दाबी गरेको छ । सो समूहले सन् २००९ यता नाइजेरियामा भिषण आक्रमण गर्दै आएको छ । यस आक्रमणबाट फुटबल हेरिरहेका युवक र बालबालिकाको मृत्यु भएको जनाइएको छ । रासस
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments