कांग्रेस केन्द्रीय कार्यालयमा खोटाङका नेता आमरण अनशनमा
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
२५ जेठ, काठमाडौं । नेपाली कांग्रेस खोटाङका नेता भुपेन्द्र राईले केन्द्रीय कार्यालय सानेपामा एकहप्ता आमरण अनशन बसेका छन् ।
एकसाता लामो रिले अनशन बस्दा पनि माग सुनुवाइ नभएको भन्दै राईले आइतबारबाट आमरण अनसन थालेका हुन् । उनले खोटाङ क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति खारेज र जिल्ला सभापति विष्णुकुमार राईमाथि कारबाहीको माग गरेका छन् ।
खोटाङ कांग्रेसका सभापति विष्णुकुमार राईले वैधानिकरुपमै क्षेत्रीय सभापति चयन गरेको वताए । अनलाइनखबरसँग कुराकानी गर्दै जिल्ला सभापति राईले भने-’क्षेत्रिय सम्मेनमार्फत सभापति चयन गरिएको हो । अनशनमा बसेका राईले आफ्नो मान्छे लोकेन्द्र राईलाई नियुक्त गर्नुपर्छ भन्नुभएको थियो । ३७ गाउँसभापति मध्ये २९ गाउँ सभापतिको उपस्थितिमा भएको भेलाले तिर्थराज भट्टराई नियुक्त गरेको हो ।’ उनले क्षेत्रिय सम्मेलनमार्फत नै चयन भएका सभापतिलाई अवैधानिक भन्नुको कुनै अर्थ नरहेको वताए ।
दोस्रो संविधानसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार पार्टी सभापति राईविरुद्ध बाघी उम्मेदवारी दिएपछि क्षेत्र नम्बर २ का सभापति विष्णुराज राईललाई पाँच वर्षका लागि कारबाही गरेको थियो ।
केन्द्रीय कार्यालयको निर्देशनमा क्षेत्रीय भेलामार्फत नेविसंघका पूर्वसहमहामन्त्री तिर्थराज भट्टराईलाई क्षेत्रीय सभापति चयन गरिएको थियो ।
जिल्ला सभापति राईले क्षेत्रिय सम्मेलनले चुनेकालाई अबैधानिक भनेर अनशनमा बसेका राईलाई २५ प्रतिशत गाउँ सभापतिको हस्ताक्षरसहित क्षेत्रिय सम्मेलनका लागि निवेदन दिन चुनौति दिए ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News



0 comments