Hindi Films

नेपाली आकाशमा मनाङ एयरले ल्यायो अर्को नयाँ हेलिकप्टर

Unknown | 05:14 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
२५ जेठ, काठमाडौं । नेपाली आकाशमा अर्को हेलीकप्टर थपिएको छ । मनाङ एयरले २०१४ निर्माण गरिएको नयाँ प्रविधिसहितको हेलिकप्टर शनिबार काठमाडौं ल्याएको हो । फ्रान्समा निर्मित युरोकप्टरको वि ३ ई नामको हेलीकप्टर त्रिभुवन विमानस्थलमा दिउँसो १२ बजे अवतरण गरिएको मनाङ एयरका बोर्ड डाइरेक्टर ईश्वरी पौडेलले बताए । नयाू हेलिकप्टर विशेष गरी उच्च हिमाली क्षेत्रमा आपतकालीन उद्धारका लागी उपयोगी रहने बताइएको छ । पाइलटसहित ७ सिट क्षमता रहेको हेलिकप्टर ७ हजार मिटरसम्म सहजै उडाउन सकिने भएकाले उच्च हिमाली क्षेत्रमा आरोहीहरुलाई रेस्क्यू गर्न सहज हुने दावी पौडेलले दाबी गरे ।
एयरबस इन्डस्ट्रीको सबै भन्दा नयाँ प्रवधीको हेलिकप्टर हालको बजार मुल्य २६ करोड रहेको डाइरेक्टर पौडले बताए । कम्पनीका इन्जिनियर जनक थापाका अनुसार यो हेलिकप्टरमा अत्याधुनिक प्रविधि भएका कारण आरोहणमा आपतकालीन उद्धारका लागि सहयोग पुग्ने बताए । पाइलट प्रमोद लामा र उज्जवल केसीले फान्सबाट सिंगापुर, मलेसिया थाइल्याण्ड, म्यानमार, बंगलादेश भारत हुँदै नेपाल ल्याउनका लागी चार दिन लगाएका थिए । बोर्ड अफ डाइरेक्टर पौडेल भन्छन्, यस्तै अर्को हेलिकप्टर अर्को एक महिनाभित्र नेपाल आउने छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments