Hindi Films

लोकगायक बद्री पंगेनीलाई संस्था वेचेको आरोप

Unknown | 01:27 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान’का वरिष्ठ उपाध्यक्ष बद्री पंगेनीले ‘यूकेे’मा मनोपरी रुपमा शाखा विस्तार गरेपछि यस बिषयमा चर्को बहस सुरु भएको छ । प्रतिष्ठानको नियमित बैठकमा अधिकांश सदस्यहरुले पंगेनीले संस्थाको अपहेलना गर्दै शाखा विस्तार गरेकोमा आपत्ती जनाएका छन् । उनीहरुले पंगेनीलाई संस्था वेचेको आरोप समेत लगाएका छन् ।
आपशी परामर्श नै नगरी पंगेनीले यूकेमा शाखा खोलेपछि विवाद उत्पन्न भएको हो । पंगेनीले प्रतिष्ठानको निर्णय लत्याउँदै यूकेमा शाखा विस्तार गरेको भन्दै प्रतिष्ठानका अधिकांश सदस्यहरुले चर्को विरोध गरेपछि तत्कालका लागि यो काम अनुमोदन हुन सकेन । यो सँगै पंगेनीलाई पहिलो गासमै ढुंगा लागेजस्तै भएको छ । प्रतिष्ठानको केही समयअघि बसेको बैठकले असोजमा साधारण भेला बोलाएर शाखा विस्तारको बिषयमा आधिकारीक धारणा बनाउने निर्णय गरेको थियो । वुधबार बसेको बैठकले पंगेनीले संस्थाको व्यापार गर्न खोजेको भन्दै सदस्यहरुले चर्को विरोध गरेका थिए । १९ जना सदस्यहरु मध्ये शंकर वीसी र हुम गैरेले मात्र पंगेनीको कामको समर्थन गरेका थिए । ‘संस्थाको निर्णय विपरित मनोमानी रुपमा शाखा खोल्नु गलत हो’, एक सदस्यले अनलाइनखबरसँग भने । पंगेनीको यो निर्णय आधिकारीक नभएको उनको भनाई छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments