प्रधानमन्त्री कोइरालालाई फोक्सोमा क्यान्सर भएको पुष्टि
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
काठमाडौं, असार १२ – फोक्सोमा सेतो दाग देखिएपछि उपचारका लागि अमेरिका गएका प्रधानमन्त्री कोइरालालाई फोक्सो क्यान्सर भएको पुष्टि भएको छ । न्यूयोर्कस्थित राष्ट्रसंघीय मिसनको नेपाल प्रतिनिधि कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार प्रधानमन्त्री कोइरालाको फोक्सो क्यान्सरको अप्रेशन गर्न नसकिने भएकाले रेडियोथरेपी गर्न सिफारिस गरेको छ ।
प्रधानमन्त्रीका निजी चिकित्सक कबिरनाथ योगीका अनुसार कोइरालालाई जीर्ण ब्रोन्काइटीस भएको कारणले अप्रेशन गर्न नमिल्ने विज्ञप्तिमा उल्लेख छ । न्युयोर्कस्थित मेमोरियल स्लोन केटरिगं क्यान्सर सेन्टरमा प्रधानमन्त्रीको उपचार जारी रहेको छ । पारिवारीक स्रोतका अुनसार रेडियोथरेपी आजैबाट शुरु भएको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News




0 comments