क्यान्टोनमेन्टको भ्रष्टाचारमा अनुसन्धान जारी : अख्तियार
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
२५ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माओवादी लडाकुको शिविरमा भएको भएको भ्रष्टाचारको उजुरी उपर अनुसन्धान भइरहेको जनाएको छ । क्यानमेन्टको विषय गम्भिर प्रकृतिको रहेका कारण यसको छानबीन पनि त्यहि ढंगले भइरहेको अख्तियार प्रवक्ता श्रीधर सापकोटाले बताए ।
‘क्यान्टोनमेन्टको भ्रष्टाचार सम्बन्धी उजुरीको अनुसन्धान भइरहेको छ । यो महत्वपूर्ण विषय हो, केही समय लाग्छ तर सत्य तथ्य बाहिर आउछ’ सापकोटाले भने ‘कहिलेसम्म टुंगिन्छ भन्न सकिन्न’ । एमाले सम्बद्द युवा संघ नेपाल लगायतले शिविरका लडाकु र भौतिक पुर्वाधार निर्माणका लागि गएको करोडौं बजेटमा भ्रष्टाचार भएको भन्दै उजुरी दर्ता गरेका थिए ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News



0 comments