रिस्तासँगको कथाले सुमनलाई राहत मिल्ला ?
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
नायक सुमन सिंह सफल सिनेमाको खोजीमा छन् । ‘सिनेमा नगरीका मानिसहरुले एक अर्काको कुरा नकाट्ने हो भने हाम पनि सफल हुन्छौ’, एक कार्यक्रममा सुमनले भनाइ राखे । सुमनको भनाइको अर्थ जसरी पनि लगाउन सकिन्छ । तर पनि उनको भागमा एउटा मात्र सिनेमा आएको खण्डमा पनि ठूलो राहत हुने पक्का छ ।
द फ्रेम क्रियशन प्रालीको प्रस्तुतीमा तयार भएको चलचित्र ‘यो कथा हो तिम्रो मेरो’ भदौको १३ गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रलाई ओम प्रतिकले लेखन तथा निर्देशन गरेका हुन् । चलचित्रमा सुमन सिंह, रवि कार्की, रिस्ता बस्नेत, गणेश उप्रेती, रुपा राना, विमला गिरी, ओम प्रतिकको मुख्य भूमिका छ । कार्यक्रममा बोल्दै निर्देशक प्रतिकले आफूले पारिवारिक सिनेमा बनाएको बताए ।
यस्तै नायिका रिस्ता बस्नेतले ‘यो कथा हो तिम्रो मेरो’ आफ्नो लागि निक्कै महत्वपूर्ण रहेको बताइन् । उनले चलचित्रको मुख्य हिस्सा नै आफू भएको बताउँदै अभिनय गर्दा च्यालेञ्ज भएको बताइन् ।
आम मानिसले भोगेको जीवन, देखेको सपना र संकारमाथि आएको विचलन र त्यसले पारेको प्रभावलाई चलचित्रले देखाउन खोजेको छ । चलचित्रमा विकास चौधरीको संगीत, रामेश कुमार राइको कथा, रोशन श्रेष्ठको एक्सन, सुरेश बज्रचार्यको छायांकन छ । चलचित्रमा राम वुढाथोकी कार्यकारी निर्माता, अनिल हेक्का सह-निर्माता र रमेश प्रजापती निर्माता छन् । कार्यक्रममा चलचित्रको प्रोमो र गीत पनि सार्वजनिक गरिएको थियो ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category:



0 comments